नेपाल आइडल-४’ सुरु हुँदै, निर्णायकहरु भने परिवर्तन हुने

२०७८ श्रावण ६, बुधबार ०९:५३ गते २०७८ श्रावण ६, बुधबार ०९:५३ गते २०७८ श्रावण ६, बुधबार ०९:५३ गते

गायन रियालिटी शो ‘नेपाल आइडल’ नरोकिने आयोजकले जनाएको छ । सन् २०२१ भित्रै यसको चौथो सिजन शुरु गरिसक्ने ‘नेपाल आइडल’का निर्देशक सुरेश पौडेलले जानकारी दिएका छन् । उनका अनुसार तीन सिजनका लागि पाएको फ्रेन्चाइजको अनुमति सकिएको र कोरोना महामारी पनि रहेकाले चौथो सिजन सुरु गर्न ढिलाई भएको हो ।

‘उताबाट अनुमति पाउन साथ चौथो सिजन शुरु गर्छौ । सन् २०२१ भित्र नै शोको छायांकन सुरु गरिसक्छौं’, पौडेलले अनलाइनखबरसँग भने । चौथो सिजनमा भने यसअघिका ३ श्रृङ्खलाका तिनै जना निर्णायकहरु परिवर्तन हुने पौडेलको भनाई छ । ‘निर्णायकहरु अन्य देशमा पनि परिवर्तन भईरहेका हुन्छन् ।

उहाँहरुसँगको सम्झौता पनि तिन वर्षकै थियो । उहाँहरु पनि बाहिरी कार्यक्रममा व्यस्त हुनुभयो’, पौडेलले अगाडि भने–‘सांगीतिक क्षेत्रमा स्थापित थुप्रैको सूची तयार छ । निर्णायक को हुने भन्ने फाइनल भएको छैन ।’

यसअघिका तीनै सिजनका निर्णायकमा संगीतकार न्ह्यु ब्रजाचार्य, कालीप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशी थिए । ‘नेपाल आइडल’मा बुद्द लामा, रवी ओड र सज्जा चौलागाँई क्रमशः पहिलो, दोश्रो र तेश्रो सिजनको विजेता बनिसकेका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *