लगनसँगै पूरा गरे राजेशपायलले वाचा

२०७८ श्रावण ७, बिहीबार ०८:०० गते २०७८ श्रावण ७, बिहीबार ०८:०० गते २०७८ श्रावण ७, बिहीबार ०८:०० गते

लोकप्रिय गायक राजेशपायल राईले मेलिना मैनालीपछि गायन रियालिटी शो द भ्वाइस अफ नेपाल–३ को नकआउट राउन्डबाट बाहिरिएकी अर्की गायिका सुदिता राईलाई पनि वाचाअनुरूप आफ्नो संगीतमा युगल गीत गाउने अवसर दिएका छन्।

गीत रेकर्डिङसँगै राजेशपायल र सुदिता राईको स्वरमा सजिएको लगन बोलको गीतको म्युजिक भिडियोसमेत सार्वजनिक गरिएको छ। प्रशन एलुङ राईको शब्द रहेको गीतमा राजु कार्कीको संगीत संयोजन रहेको छ भने गीत पृथक रेकर्डस् स्टुडियोमा अनिल अधिकारी र विवेक रानापाहेलीले रेकर्डिङ गरेका छन्।

गीतमा सञ्जीव सुब्बाले गितार र रत्न विकले बाँसुरी बजाई साथ दिएका छन् भने गीतको कोरसमा गायिकाद्वय दीपा तामाङ र संगीता रानापाहेलीले स्वर दिएका छन्। यसैगरी, यस गीतको म्युजिक भिडियोको छायांकन मनोज राई र दुर्गा वान्तवा राईले गरेका छन् भने भिडियोको सम्पादन मनोज राईले नै गरेका हुन्।

गायक राजेशपायल राईको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त म्युजिक भिडियो कतारमा समेत अहिले ट्रेन्डिङमा रहेको छ। यसअघि, मेलिना मैनालीसँगको गीत चोरी भो पनि सार्वजनिक भएको १० दिनपछि नै ट्रेन्डिङमा आएको थियो। ताजा खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed