नेपाली काङ्ग्रेस काठमाडौ ४ नम्बर इकाई सभापतिमा न्याैपानेको उम्मेदवारी

२०७८ श्रावण ७, बिहीबार ०८:१८ गते २०७८ श्रावण ७, बिहीबार ०८:१८ गते २०७८ श्रावण ७, बिहीबार ०८:१८ गते

काठमाडौँ ।नेपाली काँग्रेसको १४ औं महाधिवेशन नजिकिदै जाँदा पार्टि भित्र चूनावी सरगर्मी बढदै गएको छ ।देशभर यतिबेला महाधिवेशनको लागि नेताकार्यकर्ताहरु बिच तिब्र चलखेल चलिरहेको छ ।

केन्द्र ,जिल्ला ,क्षेत्रीय सभापति पद देखि इकाइ र नगर समितिका सभापतिका लागि भेटघाट,छलफल तथा चलखेल तीव्र चलिरहेको छ ।काठमाडौं महानगरपालिका वडा नम्बर ४ का नेपाली काङ्ग्रेस सभापति रामप्रसाद न्यौपानेले विगतका अधुरा कामहरु सम्पन्न गर्न १४ औं महाधिवेशनमा पुन:सभापतिमा उम्मेदवारी दिने बताएका छन् ।उनले वडा इकाई तहमा कोभिड १९ का कारण धेरै कामहरु अधुरै रहेकाले र हामी र हाम्रो नेपाली काङ्ग्रेस बनाउने अभियान जारी रहेको बताउदै त्यो अभिभारा पुरा गर्दै काँग्रेस पार्टिको एकता र सुदृढीकरणका लागि आफुले उम्मेदवारी दिन लागेको उनले बताए ।

न्यौपानेले नेपाली काङ्ग्रेसको १३ औं महाधिवेशनमा आफुलाई कामपा ४ वडा नेपाली काङ्ग्रेसको सभापति चयन गर्दै विभिन्न तहहरूमा बसि काम गर्ने माैका प्रदान गरेकामा आभार व्यक्त गर्दै पुन एक पटक आसन्न १४ औं महाधिवेशनमा पनि अधुरा सपना पुरा गर्ने अभिभारा पुरा गर्न वडाको सभापतिमा निर्वाचित गराउन वडा स्थित सम्पूर्ण कृयाशिल सदस्यहरुलाई आग्रह समेत् गरे ।

सभापति न्यौपानेले चौधौं महाधिवेशनमा सभापतिको उम्मेदवार हुने आशय पहिले देखी नै व्यक्त गर्दै आएको व्यहोरा उल्लेख गर्दै अझ एक पटक सभापति पदमा साझा उम्मेदवारको रुपमा समर्थन लिएर चुनाव लड्न चाहेको धारणा राखे ।सभापतिका आकांक्षी न्यौपानेले इकाइका सबै क्रियाशील सदस्यहरुलाई मिलाएर आफू पार्टीको नीतिनियम अनुसार चल्ने बताएका छन।पार्टीको काममा सधै सक्रिय तरिकाले खट्ने उनी सामाजिक क्षेत्रमा समेत सधै अग्रसर रहेका छन् ।स्थानीयलाई समस्या पर्दा तत्काल सहयोग गर्न पुगिहाल्ने न्यौपानेलाई स्थानीयहरुले समेत भाबी सभापतिको रुपमा हेर्न चाहेका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed