म्यासेन्जरमा आएको होन्डाको लिङ्क झुक्किएर पनि नखोल्नुहोस्, के हो त्यो म्यासेज ?

२०७८ श्रावण ८, शुक्रबार २०:४२ गते २०७८ श्रावण ८, शुक्रबार २०:४२ गते २०७८ श्रावण ८, शुक्रबार २०:४२ गते

काठमाडौ । बुधवार देखि तपाईको म्यासेन्जरमा एउटा म्यासेज धेरै जनाले पठाएको हुनसक्छ । म्यासेन्जरमा जापानी कार तथा मोटरसाइकल कम्पनी होन्डाको नाममा एउटा म्यासेज आइरहेको छ । कतिपयले यो फाराम भर्नु पुरस्कार पर्न सक्छ भन्दै म्यासेज पनि पठाएको हुनसक्छ । तर यो ‘स्पाम’ लिङ्क हो ।

यसलाई झुक्किएर पनि नखोल्नुहोला । यो झुक्याएर व्यक्तिसँग सूचना संकलन गर्न जारी गरिएको ‘स्पाम’ म्यासेज हो। लिंकमा स्कुटर डेलिभर गरिने प्रलोभन देखाएर यो म्यासेजहरु दूरगामी प्रयोजनका लागि पठाइएका हुन्छन्। होन्डाको ७० औं वार्षिकोत्सवको शुभकामनासहितको म्यासेज भनिएको छ। तर २०१८ सेप्टेम्बर २४ मै होन्डा स्थापनाको ७० वर्ष पूरा भैसकेको छ। कतिपयले यो म्यासेजमा भएको फाराम भरेको समेत बताएका छन् । ति ब्यक्तिहरुको सामाजिक सञ्जालमा रहेको ब्यक्तिगत सूचना लिन स्पाम म्यासेज पठाइएको हो ।

यो अर्को समाचार, नेपाल दूरसञ्चार प्राधिकरणले साउन १ गेतदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि जडान गरेको छ । आर्थिक वर्ष २०७८(०७९ को आयव्यय वक्तव्य सार्वजनिक गर्दै तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले साउन १ गते देखि नेपालमा अवैध मोबाइल फोन नियन्त्रणमा आउने बताएका छन्।

बजेट वक्तव्यमा नै उल्लेख गरेअनुसार प्राधिकरणले अवैध फोन नियन्त्रण गर्ने ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) जडान गरेको हो । लामो समयको तयारीपश्चात् उक्त प्रणाली जडान गरिएको हो । प्राधिकरणले मोबाइल सेटको आयात पूर्व अनिवार्यरुपमा प्राधिकरणबाट स्तर स्वीकृति गर्न तथा आइएमइआई नम्बर दर्ता गर्नुपर्ने प्रावधान रहेको भन्दै मोबालल डिभाइस म्यानेजमेन्ट सिस्टम लागू भएको जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *