रोटरी क्लब अफ कपनको छैटौं इन्सट्लेसन कार्यक्रम सम्पन्न

२०७८ श्रावण ९, शनिबार ०८:५५ गते २०७८ श्रावण ९, शनिबार ०८:५५ गते २०७८ श्रावण ९, शनिबार ०८:५५ गते

साउन ८,काठमाडौं। रोटरी क्लब अफ कपनको छैटौं इन्सट्लेसन (पदस्थापना) कार्यक्रम सम्पन्न भयो ।शुक्रबार क्लबका अध्यक्ष डा.तेज बहादुर रोक्काको सभापतित्व एवं क्लबका एजि सुरेन्द्र शाही ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको छ।कार्यक्रममा उपस्थित सबैलाई क्लबको तर्फबाट इलेक्ट प्रेसिडेन्ट कृष्णा मुनिकारले स्वागत गर्नु भयो। अतिथिको रुपमा डिस्टृक अफिसर एवं बानेश्वर क्लबका पूर्व अध्यक्ष बिष्णु बहादुर कार्की,भादगाउँ क्लबका अध्यक्ष उत्तममणि पौडेल, कपनका जि.एस.आर एवं भादगाउँका चार्टर प्रेसिडेन्ट मनोज कुमार कँडेल,स-सचीव भरत धिताल,पूर्व अध्यक्ष सि.पि आचार्य, कपनका चार्टर प्रेसिडेन्ट कृष्ण कुमार श्रेष्ठ, पूर्व अध्यक्ष मनोज कुमार घिमिरे,निवर्तमान अध्यक्ष शिवहरी खनाल लगायत क्लबका पदाधिकारी एवं सदस्यहरुको उपस्तिथि रहेको थियो ।

वर्तमान अध्यक्ष डा.तेज बहादुर रोक्कालाई क्लबका एजि ठकुरीले पद तथा गोपनियताको सफथ ग्रहण गराउनु भयो भने कलबका पदाधिकारीलाई अध्यक्ष रोक्काले पदस्थापना गराउनु भयो । क्लबको नियमित बैठक अध्यक्ष रोक्काले कल गरि नियमित प्रक्रिया गरियो । क्लबमा यस वर्ष प्रवेश गरेका १० जना नयाँ सदस्यलाई क्लबका एजि ठकुरीले सफथ गराउनु भयो भने क्लबका चार्टर प्रेसिडेन्ट श्रेष्ठ र अध्यक्ष रोक्काले परिचय गराउँदै प्रमाणपत्र बितरण गर्नुभयो।वर्ष २०२०/२१ को कार्यकालमा आफ्नो टिममा रहि साथ सहयोग गर्ने सबैलाई निवर्तमान अध्यक्ष शिवहरी खनालले मायाको चिनो प्रदान गर्नु भयो भने क्लबले पनि खनाललाई कार्यकाल सफलताको साथ सम्पन्न गरेकोमा मायाको चिनो प्रदान गरेको थियो । कार्यक्रममा अतिथि विष्णु कार्कीले शुभकामना दिदै क्लबलाई सधैं आवश्यक सहयोग गरिरहने बाचा गरे ।

प्रमुख अतिथि ठकुरीले रोटरीको महत्व बुझाउँदै क्लबले गर्नुपर्ने दायित्वको बारेमा बताए । कार्यक्रममा क्लबका पूर्व अध्यक्ष घिमिरेले धन्यवाद ज्ञापन गर्दै अन्त्यमा देश,अन्तर्राष्ट्रिय प्रेसिडेन्ट,नेपाल प्रेसिडेन्ट र राष्ट्रपतिको नाममा टोष्ट पास गरियो । साथै अन्त्यमा क्लबका उपाध्यक्ष एवं मेजर डोनर सुचिता काफ्लेको ममतामयी माताको देहावसान भएको १३ औं दिनको पुन्य तिथिमा क्लबको तर्फबाट १ मिनेट मौनधारण गरि श्रद्धाञ्जली अर्पण गरियो ।अध्यक्ष रोक्का एवं चार्टर प्रेसिडेन्ट श्रेष्ठले उपस्थित सबै अतिथिलाई मायाको चिनो प्रदान गरि कार्यक्रम समापन भएको कुरा क्लबका चार्टर मेम्बर एवं सचीव प्रल्हादले जानकारी गराउनु भयो ।

 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *