विराटनगरमा पेट्रोलमा पानी मिसाएर बेचेपछि ….

२०७८ श्रावण ९, शनिबार ०७:५९ गते २०७८ श्रावण ९, शनिबार ०७:५९ गते २०७८ श्रावण ९, शनिबार ०७:५९ गते

विराटनगरमा पेट्रोलमा पानी मिसाएर बेचेपछि ….
विराटनगरको कोसी आयल एण्ड ट्रेड सेन्टरले पेट्रोलमा पानी मिसाएर बिक्री गरेको पाइएको छ । विराटनगर महानगरपालिका–३ आयल निगमस्थित उक्त पेट्रोलपम्पले पेट्रोलमा पानी मिसेर बेचेको पाइएको हो ।

शुक्रबार विराट नर्सिङ होेमका चिकित्सक डाक्टर रजनीश झा धरानबाट विराटनगर फर्किने क्रममा उक्त पेट्रोल पम्पमा आफ्नो कारको ट्याङ्की फुल हुने गरी पेट्रोल हालेका थिए ।

पेट्रोल हालेर निस्किएपछि पिपल चौक नपुग्दै गाडी बन्द भयो । गाडी टोचन गराएर बरगाछीस्थित एक ग्यारेजमा पुर्याएका थिए ।
ग्यारेजको मेकानिकले गाडीको ट्याङ्की खोलेर हेरेपछि गाडीमा ४ भागको ३ भाग पेट्रोल र १ भाग पानी निस्किएको थियो ।

यस्तै गुनासो त्यहाँ पेट्रोल हाल्ने अरूको पनि आउथ थालेपछि गुणस्तर तथा नापतौल कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङबीच अनुसन्धानका लागि समन्वय भइरहेको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको निर्देशनमा अनुसन्धानमा लागेको गुणस्तर तथा नापतोल कार्यालय विराटनगरका प्रमुख शम्भुकुमार झाले बताए ।

नेपाल आयल निगम प्रादेशिक डिपोअगाडि रहेको कोसी आयल सेन्टरका सञ्चालक ललित अग्रवाल हुन् । अग्रवाल आफूले शुद्ध पेट्रोल मात्रै बेचेको बताउँछन् ।

पेट्रोलमा पानी मिसिएको गुनासो आएको स्वीकार गर्दै उनले आफूहरूले शुद्ध पेट्रोल बिक्री गरेको बताए । सभार:ktm dainik

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed