एनआरएनए अस्ट्रेलिया चुनावः भर्चुअल प्रचार, इन्टरनेटबाट मतदान

२०७८ श्रावण ९, शनिबार ०९:५९ गते २०७८ श्रावण ९, शनिबार ०९:५९ गते २०७८ श्रावण ९, शनिबार ०९:५९ गते

सिड्नी– गैर आवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको ३१ जुलाईमा हुने अधिवेशनका लागि रोजी पन्तले भर्चुअल माध्यमलाई प्रभावकारी बनाउन थालेकी छन्। न्यु साउथ वेल्स राज्य संयोजन समितिको सदस्यका निम्ति योग्य रहेकी उनले यो माध्यम रोज्नुको कारण जारी लकडाउन हो।कोरोना भाइरस (कोभिड–१९)को प्रभाव देखिएपछि सरकारले लकडाउन गरेको छ। यसबीचमा नै चुनाव इन्टरनेटमार्फत मतदान गरी सम्पन्न गरिनेछ।

यसैकारण उम्मेदवार चुनावी प्रचारमा सक्रिय रहेका छन्। पन्त न्युक्यास्टल क्षेत्रबाट नै पहिलो महिला उम्मेदवार हुन्। उनी भन्छिन्,‘नगरी नहुने चुनाव भएका कारण भर्चुअल माध्यममा भए पनि सक्रिय छु। मतदाताबीच धेरै भन्दा धेरैमा पुग्न आवश्यक छ।’सन्ध्या शाह अर्की उम्मेदवार हुन्। चुनावी मैदानमा उपाध्यक्षका लागि सक्रिय रहेकी उनले पनि भर्चुअल माध्यममा आफूमात्र नभई टिमकै प्रचार गरिरहेकी छन्।

‘अहिले अस्ट्रेलियामा लकडाउन रहेका कारण सबै घर–घरमा नै छन्। तर चुनावी चहलपहल पनि बढेको देखिन्छ। एनआरएनएका लागि मतदानचाहिँ गरिन्छ’, एक जना मतदाता समेत रहेका श्याम दाहाल भन्छन्,‘कोभिडका कारण सबैतिर ठप्प छ तर चुनावको चहलपहल इन्टरनेटमा देख्न पाइन्छ।’उम्मेदवारहरुले अहिले कोभिडको प्रभावका कारण समस्यामा परेका नेपाली समुदायका लागि काम गर्नेदेखि संगठित भएर नै सेवा गर्ने प्रचार सुरु गरेका छन्। लामो समयदेखि अस्ट्रेलियालाई कर्मथलो बनाएकाहरु मैदानमा उत्रिएको बताइन्छ।

राज्यका पदाधिकारीदेखि अस्ट्रेलियाकै पदाधिकारीसम्म आक्रामक रुपमा चुनावी प्रचारमा जुटेको र अहिले भर्चुअल माध्यम नै प्रभावकारी बनिरहेको बताउँछन् जानकारहरु। ‘चुनावी चहलपहल बलियो छ, कोभिडको प्रभाव भए पनि तोकिएको समयमा निर्वाचन हुने बुझिन्छ’, फिल्म निर्माता समेत रहेका भानु प्रताप भन्छन्,‘अस्ट्रेलियाको यो चुनाव पनि नेपालको आम चुनावको जस्तो झल्को दिने पाइरहेको छु।’

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *