विजय शाही मुर्ख बनाउने व्यक्ति हुन् : मेमोरि किँग नेल्सन डेलिस

२०७८ श्रावण १०, आईतवार १३:४२ गते २०७८ श्रावण १०, आईतवार १३:४२ गते २०७८ श्रावण १०, आईतवार १३:४२ गते

काठमाडौं, १० साउन : मेमोरि किँग भनेर चिनिने युएसएका प्रख्यात लेखक एवम् युटुबर नेल्सन डेलिसले विजय शाहीलाई मुर्ख बनाउने व्यक्ति भनेका छन् ।आफूलाई मेमोरि किँग भनेर स्वघोषित मेमोरि किँग विजयी शाहीले आफूसँग कालीमाताको शक्ति रहेको भन्दै प्रख्यात लेखक नेल्सनलाई बोलाएर भिडियो बनाउन लगाएका थिए ।

युटुबमा नेल्सनले शाहीसँग लिएको स्मरण शक्तीको चेकजाँच भिडियोमै उनीसँग ठगी (स्क्याम) गरेको बताएका छन् । यसअघि नेल्सनलाई उनले आफू मेमोरि किँग हो भनेर परीक्षाको लागि बोलाएका थिए ।तर, भिडियोमा विजय शाहीले नेल्सनलाई समेत मुर्ख बनाएको देखिन्छ । विजय शाहीले नेल्सनसँग स्कयाम गरेपछि नेपाली युटुबरहरुले नै उनले स्क्याम गरेको भनेर भिडियोहरु बनाएका थिए ।

शनिबार राती करिब ८ बजेको समयमा नेल्सन डेलिसले आफ्नो अधिकारिक युटुब च्यानलमा विजय शाही सम्बन्धी राखेको भिडियोमा आफू ठगीमा परेको बताएका छन् । सोही क्रममा उनले नेपाल एक सुन्दर देश रहेको र नेपालले यस्तो ठगी गर्ने व्यक्ति नपाउनुपर्ने बताएका छन् । विजय शाहीले नेपालीहरुलाई पनि मुर्ख बनाएको बताउँदै नेपाल यस्तो डिजर्भ नगरेको पनि बताएका छन् ।

आफूलाई पनि ठगेको भन्दै रिसाउँदै नेल्सनले अब विजय शाही उपर कुनै चर्चा नगर्ने तथा कुनै पनि भिडियो नबनाउने पनि घोषणा गरेका छन् ।विजय शाहीको कर्तुतले नेपाल र नेपालीको शिर पनि झुकाएको छ । विजयी शाहीको यस्तो व्यवहारको कारण अन्तराष्ट्रिय स्तरमा देशको बारेमा गलत सन्देश प्रवाह पनि भएको छ । नेल्सनको विजय शाहीमाथिको भिडियोले देशको प्रतिष्ठामाथि पनि आँच आएको महसुस गरिएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *