के तपाई ‘नर्मल डेलिभरी’ गराउन चाहनुहुन्छ ? गर्भा अवस्थामा यी कुरा ध्यान दिए गर्नुपर्दैन् अप्रेशन

२०७८ श्रावण १०, आईतवार १६:२६ गते २०७८ श्रावण १०, आईतवार १६:२६ गते २०७८ श्रावण १०, आईतवार १६:२६ गते

काठमाडौँ । पछिल्लो समय सुत्केरी गराउन अस्पताल पुरयाएका अधिकांश महिलाहरु सामान्य सुत्केरी हुनुको सट्टा अप्रेसन गरी सुत्केरी हुने गरेको पाइन्छ।

प्राकृतिक रुपमा हुनुपर्ने साधारण सुत्केरीलाई अप्रेसन गरी सम्पन्न गर्नुपर्ने अवस्था आउनुलाई चिकित्सकहरुले गर्भावस्तामा अपनाउनुपर्ने जीवनशैलीको कमी हो भनेर समेत भन्ने गरेका छन्। त्यसकारण प्राकृतिक रुपले सुत्केरी हुन गर्भवतीका लागि यस्ता सुझावहरु छन्।

तनाबबाट टाढै रहनुस्ः तनाब बढ्नु गर्भवती महिलाका लागि राम्रो होइन् । किनकी चिन्तित मात्रै तुल्याउदैन कि गर्भवती अवस्थालाई जटिल बनाउन समेत मद्धत गर्छ ।

खासगरी तनावले गर्भवती महिलाको मात्रै नभई पेटमा हुर्कदै गरेको बच्चाको स्वास्थ्यमा समेत असर गर्छ । त्यसैले यति तपाईँ गर्भवती हुनुहुन्छ र तनाव महसुस भइरहेको छ भने तत्काल चिकित्सकको परामर्स लिनु हितकर हुनेछ ।

प्रशस्त पानी पिउनुहोस्ः पानी तपाईँको लागि शरीरलाई स्फुर्ती गर्न मात्रै होइन कि सामान्य सुत्केरी बनाउन पनि मद्धत गर्छ । गर्भअवस्थाको बेलामा जति सकिन्छ पानी पिउनु राम्रो हुन्छ ।

नुहाउनका लागि तातो पानी प्रयोग गर्न राम्रो हुन्छ। तातो पानीले तपाईलाई गर्भअवस्थाका बेला हुने दुखाईबाट लड्नसक्ने शक्ति दिन्छ।

नियमित रुपले व्यायम गर्नुहोस्ः हुन त गर्भवती अवस्थामा महिलालाई आरामको एकदमै जरुरी छ भनेर भन्ने गरिन्छ । तर त्यो संग थोरै थोरै कसरतको पनि उत्तिकै आवश्यकता पर्दछ ।

कसरतले गर्भवती महिलालाई चुस्त बनाउछ भने दुखाई सहने क्षमता समेत बढाउछ । कसरतले जाँघको मासंपेशी मजबुत बनाउछ जो सुत्केरी हुने बेलामा दुखाईसंग लड्न तपाईँको मद्धत गर्छ।

तथापी गर्भवस्थामा गरिने कसरले तपाईँको स्वास्थ्यमा सुधार ल्याउन सक्छ । तर कसरत गर्दा व्यायम प्रशिक्षक तपाईँको साथमा रहन जरुरी छ । कहिलेकाही गर्भावस्तामा गरिने सामान्य गल्तीले तपाईँको ज्यान खतरामा पर्न सक्छ ।

खानपानमा ध्यान दिनुहोस्ः सामान्य रुपमा सहज सुत्केरी हुनका लागि गर्भअवस्थाका बेलाको खानपानमा पनि निर्भर हुन्छ । गर्भअवस्थाका बेला कतिपय महिलाहरु कमजोर हुन्छन् । त्यसका लागि चिकित्सकले आवश्यक औषधि पनि दिन्छन् ।

यदि तपाई सामान्य रुपमा सुत्केरी हुन चाहनुहुन्छ भने समयमै खाने र सही आहार खाने गर्नुपर्छ । खानामा हरियो सागसव्जी अण्डा दूध, फलफुल माछा मासु खानु राम्रो हुन्छ । साथै आवश्यक मात्रामा पानी समेत पिउनु राम्रो हुन्छ।

धूमपान मध्यपानको सेवन नगर्नुस्: धूमपान र मध्यपानले गर्भवती महिला र पेटमा हुर्कदै गरेको शिशुको स्वास्थ्यमा प्रतिकुल असर गर्छ । यसले रगतमा हुने आइरनको नास गरिदिन्छ ।

आइरनको कमीले गर्दा कतिपय अवस्थामा गर्भवती महिलाहरु शारीरिक रुपमा कमजोर हुन सक्छन भने यसको असर बच्चाको विकास तथा उसको तौलमा समेत पर्नसक्छ । र यी सबैको असरका कारण सामान्य सुत्केरी हुन कठिनाई हुन्छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *