कोरियामा एनआरएनए रास्ट्रिय समन्वय परिषद चुङनाम क्षेत्रिय समिती सभापतीको निधन

२०७८ श्रावण ११, सोमबार ०८:०६ गते २०७८ श्रावण ११, सोमबार ०८:०६ गते २०७८ श्रावण ११, सोमबार ०८:०६ गते

सिओल – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया चुङनाम क्षेत्रिय समितिका सभापति मदन भुजेल को मिति २०२१ जुलाई २५ तारिख आइतवार हृदय घातका कारण निधन भएको छ।

लामो समय दक्षिण कोरियामा कार्यरत भुजेल यही महिना सम्पन्न भएको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया छुङ्नाम थेजन शाखाको महाधिबेशन बाट अध्यक्ष पदमा निर्वाचित भएका थिए।

एनआरएनए दक्षिण कोरियाको आधिकारिक फेसबुक पेजमा प्रकाशित शोक वक्तव्यका अनुसार भुजेलको हृ’दयघातका कारण आकस्मिक निधन हुन पुगेको हो।

गैर आावासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषदका एक जुझारु अभियन्ताको आकस्मिक निधनले समग्र एनआरएनए दक्षिण कोरिया दुखित भएको र शो’काकुल परिवारजनमा धैर्यधारण गर्न प्राथना गरेको वक्तव्यमा जनाईएको छ।

एनआरएनए रास्ट्रिय समन्वय परिषद थेजन शाखा सभापतिको अप्रत्याशित निधनले समस्त संस्थालाई अपुरणिय क्षति भएको वक्तव्यमा जनाईएको छ।

सभापति भुजेलको निधनका कारण एनआरएनए रास्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको आठौँ कार्यसमिति सचिव पदमा भएको निर्वाचन को परिणाम घोषणा भएतापनी सपथ कार्यक्रम अर्को सुचना नआउदासम्मको लागी स्थगित गरिएको शो’क वक्तव्यमा जनाईएको छ।

एनआरएनए दक्षिण कोरियाको शोक बिज्ञप्ती यस्तो छ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया चुङनाम क्षेत्रिय समितिका सभापति श्री मदन भुजेल को मिति २०२१ जुलाई २५ तारिख आइतवार हृदय घातका कारण भएको असामयिक निधनको समाचारले समस्त गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया मर्माहत र शोकाकुल भएको छ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया स्वर्गीय मदन भुजेलको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा धैर्य धारणका लागि प्राथना गर्दछ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाका एक अभियन्ताको आकस्मिक निधनका कारण आजको सपथ ग्रहण कार्यक्रम अर्को सुचना नभएनजेल सम्मका लागि स्थगित भएको जानकारी गरिन्छ।
सभार:ताजा खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *