एजेन्सी । डाक्टर दीपा सामाजिक सञ्जालमा निकै सकृय थिइन् । त्यसैले पनि उनको निधनमा सामाजिक सञ्जालमा लाखौंको श्रद्धाञ्जली ब्यक्त गरिएको छ । प्रकृतिसंग निकै रमाउने डा दीपालाई प्राकृतिक विपत्तीले नै लग्यो । उनी निधन हुनुभन्दा १० मिनट अघि सम्म प्रकृतिसंग रमाएकी थिइन् ।

सामाजिक सञ्जालमा तस्बिर पोष्ट गरेको १० मिनेटमै उनलाई प्राकृतिक विपत्तीले लगेको हो । उनले लगातार आफ्नो यात्रा सोशल मिडियामा अपडेट गरिरहेकी थिइन्, मानिसहरूलाई प्रकृतिको सुन्दर दृश्यहरूबारे जानकारी दिँदै थिइन् । तर दीपा र सामाजिक सञ्जाल हेर्ने कसैले पनि १० मिनेटमै दीपाको यो संसारमै रहनेछैनन् भन्ने कल्पना गरेका थिएनन् ।

भारत हिमाचल प्रदेशको किन्नौरमा आइतवार भएको दुर्घटनामा दीपा पनि अस्ताइन् । पहिरोमा जम्मा नौ जनाको मृत्यु भयो। यसमा आयुर्वेद डाक्टर दीपा शर्मा पनि थिइन् जसले आधा घन्टा अगाडि उनको तस्विर पोष्ट गरेर लेखेकी थिइन् प्रकृति बिना जिवन छैन ।

आइतबार घटना हुनुभन्दा आधा घण्टा पहिला उनले ट्वीटरमा एक तस्बिर सार्वजनिक गरेकी छन् । उनले लेखिन् कि मअहिले भारतको अन्तिम बिन्दुमा उभिएकी छु, जहाँसम्म साधारण नागरिकहरूलाई जान दिइन्छ। तिब्बत यसभन्दा ८० किलोमिटर अगाडि छ, जुन चीनले ओगटेको छ।

सोशल मीडियामा दीपा शर्माको यो तस्वीर मान्छेहरूले मन पराएका छन् । यस यात्राको आनन्द उनको अनुहारमा पनि देखिन्थ्यो, तर कसैलाई थाहा थिएन कि यो अन्तिम तस्वीर हो। सोशल मीडियामा उनका प्रशंसकहरू ३४ वर्षीया दीपा शर्माको आकस्मिक निधनबाट अचम्मित छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस घटनामा शोक व्यक्त गरेका छन्। उनले घाइतेलाई छिटो स्वस्थ हुने कामना पनि गरे। प्रधानमन्त्रीले प्रत्येक पीडितको परिवारका लागि २ लाख र घाइतेलाई ५० हजार रुपैया सहयोग घोषणा गरेका छन्। यो दुर्घटना आइतबार दिउँसो साढे १ बजे किन्नौरमा भएको थियो । सभार:ताजा खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed