कला क्षेत्र फेरी शोकमा, मशहुर अभिनेत्री जयंती निदाएकै बेला अस्ताइन्

२०७८ श्रावण ११, सोमबार १५:०२ गते २०७८ श्रावण ११, सोमबार १५:०२ गते २०७८ श्रावण ११, सोमबार १५:०२ गते

एजेन्सी । सोमबार बिहान सिनेमा प्रेमीहरूको लागि दुखद समाचार सार्वजनिक भयो । प्रख्यात कन्नड़ अभिनेत्री जयंतीको निधन सोमवार विहानै भएको छ। उनले १०० भन्दा बढी फिल्ममा अभिनय गरेकी थिइन् । जयंतीका छोरा कृष्ण कुमारले अभिनेत्रीको मृत्यु भएको पुष्टि गरेका छन्। उमेर सम्बन्धी समस्याले उनी घरवाहिर पनि निस्कन सक्थिनन् ।

उनी घरमै निदाएकै अवस्थामा कहिल्यै नब्युँझिने गरी अस्ताइन् । २०१८ मा, जयन्तीको मृत्यु भएको गलत कुरा फैलिएको थियो, त्यतीबेला उनी सार्वजनिक भएर स्पष्टीकरण दिएकी थिइन् ।

जयंतीको कर्नाटक मा ६ जनवरी १९४५ मा जन्म भएको थियो। एक बाल कलाकारको रूपमा आफ्नो क्यारियर शुरू गर्दा, जयंती अभिनय, निर्माण र गायन मा निकै अब्बल थिइन् । ६० देखि ८० को दशकमा सबैभन्दा सुन्दर र उत्तम अभिनेत्री मध्ये उनी एक मानिन्छन्, जयंती मिथुन गणेशन, एमजीआर र जयललिता जस्ता ठूला कलाकार संग काम गरीन्।

हिन्दी फिल्महरूमा पनि काम गरीन्
जयंतीले तीन बलिउड फिल्म किशोर बहुरानी, ​​तुमसे अछा कौन है र गु न्डामा अभिनय गरीन्। उनले मलयालम, तेलुगु, तमिल र अन्य भाषाहरू सहित करीव १०० फिल्महरूमा अभिनय गरेकी छन्। कन्नड़ फिल्म उद्योगले उनलाई अभिनय शार्डेको उपाधिबाट सम्मानित गरेको थियो। सभार:ताजा खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed