१३ वर्षको कालिको उमेरमै टोकियो ओलम्पिकमा स्वर्ण जितेर निशियाले रचिन इतिहास !

२०७८ श्रावण ११, सोमबार १५:०९ गते २०७८ श्रावण ११, सोमबार १५:०९ गते २०७८ श्रावण ११, सोमबार १५:०९ गते

एजेन्सी । मोमीजी निशियाको उमेर १३ वर्ष ३३० दिन मात्र हो। उनी ओलम्पिक इतिहासमा पहिलो ओलम्पिक स्ट्रीट स्केटबोर्डिङमा च्याम्पियन भइन। ओलम्पिकमा पहिलो पटक, स्ट्रिट स्केटबोर्डिङ प्रतियोगिताहरू आयोजना गरिएको थियो। कसैलाई विश्वास गर्न पनि मुस्किल हुन्छ की च्याम्पियन बन्ने बालिकाको उमेर १३ वर्ष मात्र छ । मोमिजी निशियाले ओलम्पिक खेलमा स्वर्ण जितिन्।

ब्राजिलको रेसा लील पनि १३ बर्षकी हुन् उनले रजत पदकमा चित्त बुझाउनु परेको छ । जापानकी १३ वर्षीया खेलाडी मोमिजीले ओलम्पिकमा स्वर्ण जित्दै इतिहास रचेकी हुन्। कास्य पदक जापानकै १६ वर्षीया फुना नाकायामाले हात पारिन्। पदक जित्ने तीन खेलाडीको औषत उमेर १४ वर्ष १९१ दिन रह्यो। शीर्ष तीन पदक जितेका खेलाडीको यो अहिलेसम्मके कम औषत उमेर हो।

स्केटबोर्डिङमा १३ वर्षकै उमेरमा स्वर्ण जिते पनि मोमिजी ओलम्पिकमा कम उमेरमा स्वर्ण जित्ने खेलाडी भने होइनन्। ओलम्पिकमा कम उमेर स्वर्ण जित्ने कीर्तिमान अमेरिकाकी मार्जोरि गेस्ट्रीङ हुन्। उनले १९३६ को बर्लिन औलम्पिकमा १३ वर्ष २६७ दिनको उमेरमा डाइभिङमा स्वर्ण जितेकी थिइन्। यो उमेर मोमिजीको भन्दा ६३ दिन कम हो।

जारी ओलम्पिकमा चीनले अहिलेसम्म ६ स्वर्ण, २ रजत र ५ कास्य गरी १३ पदक जितिसकेको छ। दोस्रो स्थानको आयोजक जापानले ६ स्वर्ण, १ रजत र १ कास्य गरी कुल ८ पदक हात पारेको छ। अमेरिकाले ५ स्वर्ण, ३ रजत र ४ कास्य गरी १२ पदक हात पारेको छ। ओलम्पिकमा अहिलेसम्म ३६ देशले पदक जितिसकेका छन्।

यस वर्ष रोममा आयोजित वर्ल्ड चैम्पियनशिपमा नीसियाले रजत पदक जितेकी थिइन् । अब उनले खेलको सबैभन्दा माथिल्लो तहलाई छोएकी छन् । ओलम्पिकमा स्केटबोर्डिङ खेल समावेश गर्ने निर्णय नयाँ पुस्ताको लागि यति ठूलो अवसर हुनेछ भनेर कसैले पनि सोचेको थिएन। १३ वर्षको उमेरमा स्वर्ण र रजत पदक विजेता।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed