असोज देखि नेपालमा सङ्क्रमणको तेस्रो लहर आउने

२०७८ श्रावण ११, सोमबार २०:३२ गते २०७८ श्रावण ११, सोमबार २०:३२ गते २०७८ श्रावण ११, सोमबार २०:३२ गते

सरकारले आउँदो असोज मसान्तभित्र थप एक करोड पाँच लाख खोप ल्याउने भएको छ । प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले आउँदो असोज मसान्तसम्म थप एक करोड पाँच लाख ४८ हजार खोप ल्याउने सरकारको तयारी रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार सरकारले आफैं खरिद गरी ल्याउने प्रक्रियामा रहेकोे, विभिन्न मुलुकहरुले अनुदानमा दिएको र कोभ्याक्स कार्यक्रममार्फत उक्त परिमाणको खोप ल्याउन लागिएको हो । सरकारले चीनसँग खरिद गरेर ६० लाख भेरोसेल खोप आउँदो भदौ मसान्तसम्म र भारतबाट खरिद गरिएको कोभिशिल्ड खोपको १० लाख मात्रा भदौको पहिलो साता नेपाल आइपुग्ने तालिका छ । यसैगरी वैदेशिक अनुदानबाट चीन सरकारबाटै साउन मसान्तभित्रमा भेरोसेल खोपको १६ लाख मात्रा, कोभ्याक्स कार्यक्रममार्फत जापानबाट एष्ट्राजेनिका खोपको १६ लाख मात्रा आउँदो भदौ पहिलो साता र कोभ्याक्समार्फत नै तीन लाख ३८ हजार मात्रा थप खोप नेपाल आउने तालिका छ ।

मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले आज समितिमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेका प्रयासहरूको संक्षिप्त विवरण तथा आगामी कार्यदिशा प्रस्तुत गर्दै आउँदो असोजदेखि चैतसम्म नेपालमा थप तीन करोड २३ लाख मात्रा खोप आउने जानकारी दिनुभयो ।

महाशाखा प्रमुख डा. लोहनीले १२ वर्षमाथि उमेर समूहका बालबालिकालाई समेत लगाउन मिल्ने खोप प्राप्त गर्ने प्रक्रिया अगाडि बढेको जानकारी दिनुभयो । उहाँका अनुसार बालबालिकाका लागि सरकारले करिब ६० लाख फाइजर खोप ल्याइने तयारी गरेको छ ।

सरकारले कोभिड–१९ को उपचारका लागि १५७ सरकारी र नीजि अस्पताल सूचिकृत गरी सञ्चालनमा ल्याएको छ । यसैगरी कोभिड–१९ को उपचारका लागि मन्त्रालयले तीन हजार सघन उपचार कक्ष (आइसियु) पु¥याएको छ भने ६३० थप गर्ने प्रक्रियामा रहेको मन्त्रालयका सचिव अर्यालले जानकारी दिनुभयो । यस्तै भेन्टिलेटरको सङ्ख्या ९०० रहेको र १८० थप गर्ने प्रक्रियामा छ ।

मन्त्रालयले सरकारी अस्पतालमा हाई डिपेन्डेन्सी युनिट (एचडियु) दुई हजार ७५ र निजीमा ७७८ सञ्चालनमा रहेका छन् भने एक हजार ४०० थप गर्ने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोभिड–१९ को तेस्रो लहरलाई मध्यनजर गरी बच्चाका लागि १८० भेन्टिलेटरसहित २७५ आइसियु शय्या थप्ने प्रक्रियामा छ ।

नेपालमा भाइरस सङ्क्रमितको मृत्यु दर १.३ प्रतिशत र निको हुने दर ९४.५ प्रतिशत छ । नेपालमा अहिले सङ्क्रमणको दोस्रो लहर चलिरहेको छ । २०७७ चैतको पहिलो सातादेखि २०७८ वैशाखको अन्तिम सातासम्म दोस्रो लहर उ’च्च वि’न्दुमा रहेको थियो ।

मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले आउँदो असोज १५ गतेदेखि सङ्क्रमणको तेस्रो लहर आउने प्र’क्षेप’ण रहेको बताउनुभयो । उहाँले अहिलेको निषेधाज्ञा खुकुलो र जनस्वास्थ्य मापदण्डलाई प्रभावकारी रुपमा लागू नगरिएकाले आउँदो असोज १५ गतेदेखि सङ्क्रमणको तेस्रो लहर आउने बताउनुभयो ।

तेस्रो लहर सङ्क्रामक र बालबालिकालाई बढी असर गर्ने उहाँको भनाइ छ । उहाँका अनुसार आगामी पाँच महिनामा एक लाख ९३ हजार ८५६ नयाँ सङ्क्रमित थपिने अनुमान गरिएको छ । यसअघि मन्त्रालयले सङ्क्रमणको तेस्रो लहर आउने भन्दै सचेत रहन निर्देशन समेत दिइसकेको छ । सभार:ताजा खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed