अष्ट्रेलियाको सिड्नी जाने एकतर्फी हवाई भाडा झण्डै १२ लाख !

२०७८ श्रावण १२, मंगलवार ०८:२५ गते २०७८ श्रावण १२, मंगलवार ०८:२५ गते २०७८ श्रावण १२, मंगलवार ०८:२५ गते

काठमाडो । महामारीका कारण सबैभन्दा बढी विदेशमा बस्ने नेपाली र वैदेशिक रोजगारीमा विदेश जानेहरुलाई परेको छ । अध्ययन वा रोजगारीका लागि विदेश जाने नेपालीहरुको पढाई र काम दुवै छुट्ने अवस्था एकातिर छ भने अर्को तिर हवाई भाडा सुनेरै वे हो स हुनुपर्ने अवस्था छ ।

तपाईले कल्पना गर्न सक्नुहुन्छ ? अस्ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नीको एकतर्फी हवाई भाडा कति होला ? तपाईले कल्पना गरे भन्दा बढी कम्तीमा ११ लाख ९० हजार रुपैयाँ तिर्नु परिरहेको छ।

अस्ट्रेलियाले लागू गरेको यात्रुको आगमन कोटा प्रणालीका कारण काठमाडौंबाट त्यहाँ पुग्न यति धेरै भाडा तिर्नु परेको हो । अष्ट्रेलियाले महामारी मुलुकमा भित्रन नदिन यस्तो नियम लागू गरेको छ । को भिड संक्रमणका कारण अस्ट्रेलियाले उक्त कोटा प्रणाली लागू गरेको बताइएको छ। यो भाडादर कोभिड महामारीअघिको दाँजोमा करिब ११ सय प्रतिशत बढी हो।

कोरोना संक्रमण नियन्त्रण गर्न अस्ट्रेलियाले अहिले विश्वभरबाट प्रतिदिन ५ सय यात्रुलाई मात्रै प्रवेश गर्न दिने नियम बनाएको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सले जनाएको छ। अस्ट्रेलियाजस्तै जापानले पनि यात्रुको संख्याको कोटा निर्धारण गरेको छ। जापान जाने यात्रुले पनि निकै महंगो हवाई भाडा तिर्नु परेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *