अभिनेता विराज मट्ट घाइते भएका छन् । उनको अहिले भारतको लखनउ स्थित अस्पतालमा उपचार भइरहेको छ । चलचित्र छायांकनका क्रममा अभिनेता विराज भट्ट घाइते भएका हुन् । उनी भोजपुरी चलचित्र अभिनयका लागि भारत पुगेका थिए ।
‘आ’क्रोश’ चलचित्रको छायांकनका क्रममा घाइते भएका उनलाइ अस्पताल भर्ना गरिएको हो । भट्ट घाइते भएपछि भारतको लखनउमा छायांकन भइरहेको चलचित्रको छायांकन रोकिएको छ । चलचित्रका लागि ‘एक्सन स्टन्ट’ गर्ने क्रममा भट्टको बायाँ खुट्टाको घुँडामा चो ट लागेर उपचारका लागि लगिएको छ ।
उनको खुट्टामा र ग त जमेका कारण दुई साता आराम गर्न डाक्टरले सुझाव दिएका छन् ।सन्दिप सिंहले निर्देशन गरिरहेको यो चलचित्रमा विराजसँगै प्राची सिंह, सन्जय पाण्डे, मनोज टाइगर लगायतका कलाकारको अभिनय छ । ४० प्रतिशत काम सकिएको चलचित्रको अभिनेता घाइते भएपछि छायांकन प्रभावित भएको छ ।
Views: 0