ओलम्पिकमा स्वर्ण जित्ने फिलिपिन्सकी खेलाडीलाई साढे ६ लाख डलर र घर पुरस्कार

२०७८ श्रावण १२, मंगलवार २०:२१ गते २०७८ श्रावण १२, मंगलवार २०:२१ गते २०७८ श्रावण १२, मंगलवार २०:२१ गते

काठमाडौं । आफ्नो देशलाई पहिलो पटक स्वर्ण पदक जिताउने एक खेलाडीले ६ लाख ६० हजार डलर र एउटा घर पुरस्कार स्वरुप पाएकी छन् । फिलिपिन्सकी महिला खेलाडीले आफ्नो देशवाट यस्तो सम्मान पाएकी हुन् । भारत्तोलनमा स्वर्ण पदक विजेता हिडिल्यन डियाजलाई उनको देश फिलिपिन्सले ६ लाख ६० हजार डलर र एउटा घर पुरस्कार दिने घोषणा गरेको हो।

सन २९२४ मा पहिलो पटक ओलम्पिकमा सहभागी भएको फिलिपिन्सले अहिले सम्म स्वर्णपदक पाउन सकेको थिएन । सोमबार साँझ भएको भारत्तोलन तर्फको ५५ केजी समूहको प्रतिस्पर्धामा डियाजले स्वर्णपदक जिताएकी हुन् । उनले १२७ किलो उठाउँदै भारत्तोलनमा आफ्नो व्यक्तिगत कीर्तिमान पनि सुधार गरेकी छन् ।

पेरिसमा भएको ओलम्पिक देखि सहभागीता जनाउँदै आएको फिलिपिन्सका लागि सोमवार सबैभन्दा धेरै खुसी बोकेर आयो । उनी मलेसिया बस्दै आएकी थिइन् । डियाजले टोकियो ओलम्पिक आफ्नो लागि अन्तिम ओलम्पिक हुने घोषणा पनि गरेकी छन् । स्वर्णपदक जितेसँगै फिलिपिन्स सरकारले उनलाई ६ लाख ६० हजार डलर बराबरको नगद, केही व्यवसाय र नयाँ घर पुरस्कार दिने घोषणा गरेको हो ।

उनले फिलिपिन्सका लागि पहिलो पटक स्वर्ण जित्दाको खुसी बाँड्दै भनिन्, ‘मैले विश्वास नै गर्न सकिरहेको छैन, मेरो ठूलो सपना पूरा भयो ।’ उनले नयाँ पुस्ताका खेलाडीलाई पनि ओलम्पिकमा स्वर्ण पदकको सपना देख्न आग्रह गरेकी छन् । सभार:ताजा खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *