त्रिभुवन विमानस्थलबाट एक केजी सुन बरामद, यी रहेछन् दुबईबाट सुन पठाउने ब्यक्ति

२०७८ श्रावण १३, बुधबार ०५:४४ गते २०७८ श्रावण १३, बुधबार ०५:४४ गते २०७८ श्रावण १३, बुधबार ०५:४४ गते

त्रिभुवन विमानस्थल सुरक्षा प्रहरीले करिब एक करोड रुपैयाँ पर्ने एक केजी भन्दा धेरै तौलको अवैध सुन बरामद गरेको छ। उक्त सुन ल्याउन प्रयोग गरिएका यात्रुलाई पनि प्रहरीले पक्राउ गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी टोलीले १ हजार १ सय ६५ ग्राम सुनसहित गोरखा घर भएका पदम परियारलाई मंगलबार पक्राउ गरेको हो। उनी हिमालयन एयरको उडानमा दुबईबाट काठमाडौं आएका थिए।विमानस्थल प्रहरी प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाका अनुसार परियारले कफी मेकरको उपकरण बनाएर उक्त सुन ल्याएको भेटिएको छ। शंका लागेर चेकजाँच गर्ने क्रममा सुन बरामद भएको बाँस्तोलाले बताए।

परियारले उक्त सुन दुबईमा बस्दै आएका राजु केसीले पठाएको बयान दिएको बाँस्तोलाले जानकारी दिए। बाँस्तोलाले पठाउनेको पहिचान भइसकेको बताउँदै काठमाडौंमा जिम्मा लिनेको पनि खोजी भइरहेको बताएका छन्। प्रहरीले सुनसहित कारबाहीका लागि परियारलाई विमानस्थल भन्सार कार्यालयमा पठाएको छ। सभार:ताजा खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *