हेटर्सप्रति प्रियंकाको कडा प्रहार: “मेरो पेटले नै देशमा तहल्का मच्चाउने रैछ, म खास मानिस पो रहेछु त “

२०७८ श्रावण १३, बुधबार ०६:१५ गते २०७८ श्रावण १३, बुधबार ०६:१५ गते २०७८ श्रावण १३, बुधबार ०६:१५ गते

पछिल्लो समय नेपाली सिनेमा क्षेत्रको चर्चित अभिनेत्री प्रियंका कार्की आफ्नो गर्भावस्थाको तस्बिरको कारण निकै चर्चामा रहने गर्छिन् ।

चर्चित अभिनेत्री प्रियंका कार्की अहिले गर्भावस्था छिन् । प्रियंकाले अहिले उनको गर्भावस्था तस्बिर तथा हरेक क्रियाकलापको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने गर्छिन् । अहिले जब प्रियंकाको तस्बिर सामाजिक सञ्जालमा आउँछ, भाइरल हुन केहि समय पनि लाग्दैन। अहिले प्रियंकाको तस्बिरको विषयलाई लिएर विभिन्न सकारात्मक तथा नकारत्मक कमेन्ट देख्न सकिन्छ ।

हालै मात्र प्रियंकाले एक अन्तर्वार्ताको क्रममा आफ्ना तस्बिर तथा भिडियोमा नकारात्मक कमेन्ट गर्ने मानिसहरु प्रति कडा प्रहार गरेकी छिन् । उनले एक अन्तर्वार्तामा बोल्दै भनिन्, ” मलाई यस्ता कुराले असर नै गर्दैन । यस्ता चीजमा म सधैं टार्गेट भएको नै हुन्छु, मैले जे गरे पनि विवाद हुने रैछ।” आफ्नो एउटा पेट देखाएको फोटोले यस्तो तहल्का मच्चाउँछ भने आफू देशको निकै महत्वपूर्ण मानिस भएको महशुस हुने प्रियंकाले बताइन् । “एउटा पेट देखिएको फोटो ले यत्रो विवाद हुन्छ भने म धेरै महत्वपूर्ण मानिस रहेछु यो देशको । म पहिला पनि स्विमसुट मा फोटो हाल्थे, त्यसमा हट, सेक्सी भनेर कमेन्ट आउँथ्यो अहिले गर्भवती भएकै कारण नकारात्मक कमेन्टहरु आउन थालेको छ,” उनले भनिन्।

उनले आफूले अझै म्याटरनिटी फोटो त खिच्नै बाँकी रहेको भन्दै त्यसमा पनि नकारत्मक नै प्रतिक्रिया आउने होला नि भन्ने प्रश्न चिन्ह पनि उठाएकी छिन्। प्रियंका भन्छिन्,” मैंले त अहिले म्याटरनिटी फोटोसुट त गराएको पनि छैन त्यो त बाँकी नै छ ।”

अहिले प्रियंकाको यस्तो प्रतिक्रियाले सामाजिक सञ्जाल तताएको छ । यस भन्दा पहिले पनि प्रियंकाले भन्दै आएकी छिन्, “म सबैको नजरमा राम्रो नहुन पनि सक्छु । सबैले मलाई चिन्न नसकेको पनि हुनसक्छ । त्यसैले मलाई यस्तो नकारात्मक कमेन्टले केहि फरक पर्दैन । सभार:BIGULNEWS.COM

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *