माउसुलीलाई मानिन्छ लक्ष्मी माताको प्रतिक, यस्तो हुन्छ घरमा माउसुली देखिनुको संकेत

२०७८ श्रावण १३, बुधबार ०६:२९ गते २०७८ श्रावण १३, बुधबार ०६:२९ गते २०७८ श्रावण १३, बुधबार ०६:२९ गते

काठमाडौँ । कहिलेकाहीँ पशुपक्षी र जीवजन्तुले भविष्यमा हुनसक्ने विभिन्न किसिमका घटनाका बारेमा अवगत गराइदिन्छन्।घरमा पाइने माउसुलीले भविष्यमा हुने धेरै घटना बताइदिन्छन्। यो वर्णन शकुन शास्त्रमा गरेको पाइन्छ।जानौं माउसुलीसँग जोडिएका शकुन तथा अपशकुन। नयाँ घरमा प्रवेश गर्ने समयमा गृहस्वामीले मृत्यु भएको वा माटो लागेको माउसुली देखेमा उक्त घरमा बस्ने मानिस रोगी हुन सक्छन् । यस अपशकुनबाट बच्नका लागि पूर्ण विधिविधानका साथ पूजन गर्नुपर्छ ।

माउसुलीले बच्चा जन्माउने प्रक्रिया गरेको देख्नुभयो भने कुनै पुरानो मित्रसँग भेट हुनसक्छ । दुई माउसुली झगडा गरेको देख्नुभयो भने तपाईंको कसैसँग वैमनस्य हुन सक्छ । दिउँसो खाना खाँदा माउसुलीको आवाज सुन्नुभयो भने छिट्टै कुनै शुभ समाचार सुन्न पाउनुहुनेछ । तर यो दुर्लभ नै हुन्छ किनकि माउसुलीहरू प्रायः रातमा मात्र आवाज निकाल्छन् ।अब बसिरहेको बेला प्राय मानिस नजिक माउसुली खस्ने गर्दछ । त्यस्तो अवस्थामा कहाँ कस्ता के हुन्छ त्योपनि जानौ

टाउकोमा खस्दा सम्पत्ति पाइने सम्भावना, कपालमा खस्दा मृत्युको बेला भएको संकेत, दाहिने कानमा खस्दा गरगहना प्राप्ति, देब्रे कानमा खस्दा आयु वृद्धि, नाकमा खस्दा भाग्योदये, मुखमा खस्दा मीठो भोजन, दाहिने गालामा खस्दा उमेर बढ्ने, देब्रे गालामा खस्दा पुरानो साथी भेट, गर्दनमा खस्दा यशप्राप्ति, दाह्रीमा खस्दा डरलाग्दो घटना,

जुँगामा खस्दा सम्मान प्राप्ति, आँखीभौंमा खस्दा धनहानि, दाहिने आँखामा खस्दा कुनै मित्रसँग भेट, देब्रे आँखामा खस्दा छिट्टै धनहानि, घाँटीमा खस्दा शत्रुनाश, दाहिने काँधमा खूदा विजय प्राप्ति, देब्रे काँधमा खस्दा नयाँ शत्रु बन्ने, दाहिने हातमा खस्दा धनलाभ, देब्रे हातमा खस्दा सम्पत्ति नाश दाहिने हत्केलामा खस्दा कपडा पाइन्छ, देब्रे हत्केलामा खस्दा धन नाश, दाहिने छातीमा खस्दा धेरै खुशी,

देब्रे,छातीमा खस्दा घरमा क्लेश, कमरको बीचमामा खस्दा आर्थिक लाभ, पिठ्युँको दाहिने भागमा खस्दा सुख, पिठ्युँको देब्रे भागमा खस्दा रोग, पिठ्युँको बीच भागमा खस्दा घरमा कलह, नाभिमा खस्दा मनोकामना पूर्ण, दाहिने जाँघमा खस्दा सुख, देब्रे,जाँघमा खस्दा शारीरिक पीडा,दाहिने घुँडोमा खस्दा यात्रा, देब्रे घुँडोमा खस्दा बुद्धिनाश, दाहिने गोडोमा खस्दा ऐश्वर्य प्राप्ति, देब्रे गोडोमा खस्दा बिरामी, दाहिने पाइतालोमा खस्दा श्रीप्राप्ति, देब्रे पाइतालोमा खस्दा व्यापार हानि हुनेछ। यो जानकारी आफुले पढिसकेपछि सबैको जानकारीका लागि सेयर गरिदिनुहोला।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *