काठमाडौँ । साताको पहिलो दिन अर्थात आइतबार (आज) पनि नेपाली बजारमा सुनको भाउ घटेको छ।
शुक्रबार प्रतितोला ३ सय सय रुपैयाँले बढेको सुनको भाउ आज भने प्रतितोला १ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
यो पनि पढ्नुहोस
भारतमा रेल र बस ठोक्किंदा १८ को ज्यान गयो, १९ घाइते
घट्यो कि बढ्यो तरकारी र फलफूलको मूल्य ? (सूचिसहित)
त्यस्तै आज तेजावी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुन हिजो प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी हिजो प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
लामो समयको कोरोना महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय केही घट्बढ हुने गरेको छ।
Views: 0