इजरायलमा केयर’गिभरका लागि आवेदन खुलेको छ। वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै २१ दिनभित्र विभागको वेभसाइट http://ferms.dofe.gov.np मा अनलाइन आवेदन दिन सक्ने जनाएको छ।
इजरायलले पहिलो चरणमा एक हजार कामदार लैजाने भएको छ। जसमा ७० प्रतिशत महि’ला र ३० प्रतिशत पुरुष लैजाने विभागले जनाएको छ। मासिक तलव ५३०० एनआईएस ९रु एक लाख ९३ हजार रहने उल्लेख गरिएको छ ।
जसमा ओभर टा’इम र सेवासुविधा इजरायली सरकारको नियमअनुसार हुने छ। काम हप्तामा छ दिन गर्नुपर्नेछ। खाने खर्च कामदार आफैँले व्यवस्था गर्नुपर्नेछ। बस्ने सुविधा भने रोजगारदाताले विदेशी कामदार सम्बन्धी निय’मअनुसार व्यवस्था गर्ने उल्लेख गरिएको छ।
इजरायल जान इच्छुक कामदारको विभिन्न योग्यता तोकिएको छ । सरकारले जारी गरे’को यससम्बन्धी निर्देशिकाअनुसार २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको नेपाली नागरिक, कम्तीमा १.५ मीटर उचाइ तथा ४५ केजी तौल भएको र कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सीएमएसम्बन्धी विषयमा कम्तीमा १५ महीनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा त्यस सर’हको शैक्षिक योग्यता प्राप्त गरी नेपाल सरकारबाट मान्यताप्राप्त तालीम प्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी कम्तीमा ३ महीनाको तालीम प्राप्त गरेको हुनुपर्नेछ । साथै अंग्रेजी भाषाको ज्ञान भएको, शारीरिक तथा मानसिक रूपमा स्व’स्थ रहेको र असल चरित्र भएको हुनुपर्नेछ ।
इजरायलको हेरचाह केन्द्रमा सहायक कामदारका लागि आवेदन पेश गर्ने सम्बन्धि अत्यावश्यक नियम तथा शर्त
१. आवेदकको उमेर २५ वर्ष पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने छ ।
२. आवेदकको उचाई कम्तिमा १.५ मिटर र तौल कम्तिमा ४५ केजी हुनुपर्ने छ ।
३. आवेदकको शैक्षिक योग्यता कम्तीमा दश कक्षा उत्तीर्ण गरी अनमी वा सि.एम.ए सम्बन्धी वि’षयमा कम्तीमा १५ महिनाको अध्ययन पुरा गरेको वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल स’रकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङ्ग सम्बन्धी कम्तीमा ३ महिनाको तालिम प्राप्त गरेको हुनुपर्ने छ ।
४. आवेदकको पासपोर्ट म्याद समाप्त हुँन कम्तिमा ३ वर्ष बाँकी रहनुपर्ने छ ।
५. आवेदक विगतमा इज’रायल गई कार्य नगरेको हुनुपर्ने छ ।
६. आवेदकको बुवा, आमा, पति, पत्नी, छोरा वा छोरी इजरायलमा बसोबास नगरेको वा का’र्यरत नरहेको हुनुपर्ने छ ।
७. अंग्रेजी भा’षाको ज्ञान भएको, शारीरिक तथा मानसिक रूपमा स्व’स्थ रहेको र असल चरित्र भएको हुनुपर्ने ।
कृपया अनलाइन फाराम भर्नका लागि यहाँ तल क्लिक गर्नुहोला
Views: 0