गुल्मीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु , शव भीरमा र रुखमा अ ड्किएको अवस्थामा फेला !

२०७८ श्रावण १३, बुधबार २०:०१ गते २०७८ श्रावण १३, बुधबार २०:०१ गते २०७८ श्रावण १३, बुधबार २०:०१ गते

काठमाडौं । गुल्मीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका-४ को दोभान भन्ने स्थानमा लु१ज-४५६५ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो।

जिल्लाको शान्तिपुरबाट तम्घास जाँदै गरेको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घटनास्थल जाँदै गरेका एक प्रहरीले दिएको जानकारी अनुसार जीप सवा ११ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनाग्रस्त जीप रोडबाट करिब ४ सय मिटर तल खसेको छ । दुर्घटनामा अरु सात जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याइँदैछ । उद्धार गर्न घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ ।

अझै एक जना महिलाको सनाखत हुन सकेको छैन। घाइते ७ जनालाई उपचारको लागि तम्घास अस्पताल ल्याउने र मृतकको सनाखत गर्ने काम जारी रहेको पाण्डेयले जानकारी दिए । जिप सडकबाट ४ सय मिटर तल खसेको छ। सभार:ताजा खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *