खोप छ तर लगाउन मान्दैनन् अमेरिकीहरू, कारण यस्तो छ

२०७८ श्रावण १५, शुक्रबार ०९:२६ गते २०७८ श्रावण १५, शुक्रबार ०९:२६ गते २०७८ श्रावण १५, शुक्रबार ०९:२६ गते

अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार देशका स्थानीय सरकारलाई खोप लगाउन आउनेहरूलाई पैसा दिन भनेका छन्। अमेरिकामा पछिल्लो समय भाइरसको डेल्टा भेरियन्टको संक्रमण फैलिइरहेको छ। संक्रमित भएर अस्पताल भर्ना हुनेमध्ये ९० प्रतिशत बढी खोप नलगाएकाहरू छन्।

सित्तैमा खोप दिँदा पनि अमेरिकीहरूले खोप नलगाएपछि राष्ट्रपति बाइडेनले प्रोत्साहनस्वरूप खोप लगाउनेलाई पैसा दिन भनेका हुन्। कतिपय राज्यले यसअघि नै खोप लगाउनेलाई विभिन्न पुरस्कार योजना ल्याएका थिए।

बिहीवार ह्वाइट हाउसबाट सम्बोधन गर्दै बाइडनले यस्तो आह्वान गरेका हुन्। अमेरिकामा कोरोना संक्रमण बढिरहेको र खोप लगाउने दरमा कमी आएपछि राष्ट्रपति बाइडेनले यस्तो घोषणा गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

राज्यहरूले अमेरिका रेस्क्यु प्लान अन्तर्गतको कोषबाट प्रयोग गर्न सक्ने गरी खोप लगाउने नागरिकलाई सहयोग रकम उपलव्ध गराउन सक्नेछन्। पछिल्लो मसय अमेरिकामा डेल्टा भेरियन्टको संक्रमण तीव्र रुपमा फैलिएको छ।

समाचार संस्था रोयटर्सका अनुसार अहिलेसम्म १६ करोड ३८ लाख मानिसहरूले मात्र खोप लगाएका छन्। अमेरिकाको जनसंख्या झन्डै ३३ करोड छ। राष्ट्रपति बाइडेनले खोप लगाउने/नलगाउने कुरा व्यक्तिगत स्वतन्त्रता भए पनि खोप लगाउनु आफन्त र देशका निम्ति जिम्मेवारी भएको बताएका छन्।

बाइडेनले सरकारका कर्मचारीका लागि पनि नयाँ कडा खोपसम्बन्धी निर्देशन जारी गरेका छन्। अमेरिकामा सङ्घीय सरकार सबैभन्दा ठूलो रोजगारदाता हो।
सङ्घीय सरकारका निकायहरूमा करिब २० लाख मानिसहरू काम गर्छन्।

बाइडनले जारी गरेको निर्देशन अनुसार अब कर्मचारीहरूले खोप लगाएको प्रमाण देखाउनु पर्नेछ वा अनिवार्य परीक्षणको सामना र मास्क लगाउन तयार हुनुपर्नेछ। हालसम्म अमेरिकामा आधा जनसङ्ख्याले मात्र कोरोनाको खोपको पूरा मात्रा लगाएका बिबिसीले जनाएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *