काठमाडाैं । लुम्बिनी एकेडेमि कलेज तथा स्कुलले ५ औं एसइई फुटसल तथा बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । साउन २३ गतेदेखि लुम्बिनी कलेजले एसइई दिएर बसेका विद्यार्थीलाई सहभागी गराउने गरेर फुटसलसहित बास्केटबल प्रतियोगिताको आयोजना गरेको हो ।
छात्र र छात्रा दुबै समूहको सहभागिता रहने प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ट्रफी र मेडलसहित नगद पुरस्कार प्रदान गरिने जनाइएको छ ।
१० लाख बराबरको पुरस्कार राशी रहेको प्रतियोगितामा विभिन्न स्कुल र कलेजहरु सहभागीता रहने प्रबन्ध निर्देशक तथा प्रिन्सिपल रविचन्द्र कोइराला जानकारी दिएका छन्।
लुम्बिनी एकेडेमि कलेज तथा स्कुल र कथाले इन्सिच्युटको संयुक्त सहकार्यमा यो प्रतियोगिता आयोजना गर्न लागिएको र कार्यक्रम बारे पुर्ण जानकारी पत्रकार सम्मेलन गरेर बताइने कथाले इन्सिच्युटका निर्देशक विनोद बुढाथोकीले बताए।
Views: 0