भारतीय दूतावास अगाडी युवा संघको प्रदर्शन

२०७८ श्रावण १८, सोमबार १८:३२ गते २०७८ श्रावण १८, सोमबार १८:३२ गते २०७८ श्रावण १८, सोमबार १८:३२ गते

काठमाडाैं ।  ​तुइन तर्ने क्रममा जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको प्रकरणको छानबिन गरी दोषीउपर कारबाहीको माग गर्दै लैनचौरस्थित भारतीय दूतावास अगाडि छुट्टाछुट्टै विरोध प्रदर्शन भएको छ।नेकपा (क्रान्तिकारी माओवादी) मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी) र युवा संघ नेपाल (माधव पक्ष) ले प्रदर्शन गरेका हुन्।

साउन १५ गते बिहान भारतीय सुरक्षा बल एसएसबीले तुइनको डोरी खोलिदिँदा नेपाली नागरिक जयसिंह धामी हराएको र अहिले सम्म फेला नपरेको भन्दै प्रदर्शन गरिएको हो। ​घटनाको वास्तविकता छानबिन गरी दोषीलाई हदैसम्म कारबाही गर्न माग गरिएको हो।

पटक पटक भारतले नेपाल र नेपालीमाथि ज्यादती र दुर्व्यवहार गरेकाले भारतीय ज्यादतीविरुद्ध विरोध प्रदर्शन गरिएको क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले बताए। नेपाल र नेपाली जनताको रक्षाका लागि सरकारलाई ध्यानाकर्षण गराउनुका साथै गम्भीर बन्न पनि उनले अपिल गरे।

प्रदर्शनका क्रममा विद्यार्थीहरूले ‘सीमा अतिक्रमण बन्द गर’,’जयसिंह धामी बेपत्ताको छानबिन गर’, ‘सम्पूर्ण अतिक्रमित भूमि फिर्ता गर’, ‘राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ’, ‘लिपुलेक लिम्पियाधुरा, कालापानी हाम्रै हो’, ‘भारतीय विस्तारवाद मुर्दावाद’ का नारा लगाएका थिए।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *