‘ख्यास्स पुतली’का कारण दुर्गेश थापा लोक दोहोरी प्रतिष्ठानबाट बहिस्कृत

२०७८ श्रावण १९, मंगलवार १२:५० गते २०७८ श्रावण १९, मंगलवार १२:५० गते २०७८ श्रावण १९, मंगलवार १२:५० गते

काठमाडौं– लोक दोहोरी गीतलाई अलग शैलीमा प्रस्तुत गर्ने गायक दुर्गेश थापा नयाँ गीत ‘ख्यास्स पुतली’का कारण लोक दोहोरि प्रतिष्ठानको बहिस्करणमा परेका छन्।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल थापालाई बहिस्कार गर्ने संस्थागत निर्णय गरेको छ। केन्द्रीय कमिटीको बैठकले थापालाई बहिस्कार गरिएको हो।

दुर्गेशले १० दिनअघि आफ्नै शब्द, संगीत र स्वरमा ‘बीच्च बीच्चमा ४– ख्यास्स पुतली’ बोलको गीत सार्वजनिक गरेका थिए। सो गीतप्रति ध्यानाकर्षण गर्दै प्रतिष्ठानले उक्त शव्दमाथि आपत्ति जनाएको थियो।

प्रतिष्ठानले सो गीत तीजको मर्म विपरित रहेको र गीतले कला संस्कृतिमाथि प्रहार गर्ने ठहर गर्दै आपत्तिजनक शब्दहरु फेरबदल गर्न पत्र काटे पनि त्यसलाई सच्याइएको थिएन।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *