के तपाई सुनचाँदी किन्दै हुनुहुन्छ? यस्तो छ नेपालि बजारमा आजको मुल्य!

२०७८ श्रावण २०, बुधबार १८:१८ गते २०७८ श्रावण २०, बुधबार १८:१८ गते २०७८ श्रावण २०, बुधबार १८:१८ गते

हप्ताको पहिलो दिन आइतबार घटेको सुनको भाउमा सोमबार पनि सामान्य गिरावट आएको थियो । शुक्रबारको तुलनामा आइतबार प्रति तोला ५ सय रुपैयाँले घटेको सुन सोमबार एक सय रुपैयाँले घटेको थियो हो। त्यस्तै आज भने सुनको मुल्य स्थिर रहेको छ।

नेपाली बजारमा आज छापावाला सुन प्रतितोला ९२ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार पनि आजकै भाउ कायम रहेको थियो।

त्यस्तै, तेजाबी सुन पनि आज स्थिर रहेको छ । सोमबार ९१ हजार ८ सयमा कायम भएको तेजावी सुनको मुल्य आज पनि सोहि मुल्यमा कायम रहेको छ।

सुन साउन १३ गते यताकै सस्तो

मंगलबार कायम भएको सुनको मूल्य पछिल्लो ५ दिन यताकै साटो रहेको छ। यसअघि साउन १३ गते छापवाला सुनको मूल्य तोलाको ९२ हजार १ सय र तेजाबी सुनको भाउ ९१ हजार ६ सय कायम भएको थियो। त्यसपछि, सुनको मूल्य आजको विन्दुमा आएको थिएन।

चाँदीको भाउ लगातार चौथो दिन पनि स्थिर

चाँदीको भाउ लगातार स्थिर रहेको छ । शुक्रबार, आइतबार र सोमबार प्रति तोला १ हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोहि भाउमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *