नेपालसहित २६ देशका विद्यार्थीलाई कोरिया प्रवेश नगर्न सुझाव

२०७८ श्रावण २१, बिहीबार ०७:३९ गते २०७८ श्रावण २१, बिहीबार ०७:३९ गते २०७८ श्रावण २१, बिहीबार ०७:३९ गते

काठमाण्डाै – दक्षिण कोरियाले नेपाललगायत विदेशी विद्यार्थीलाई तत्काल कोरिया प्रवेश नगर्न सुझाव दिएको छ।डेल्टा भेरियन्टसहित कोरोना सङ्क्रमण दर उच्च भएपछि कोरिया अध्ययन गर्न जाने २६ देशका विद्यार्थीलाई तत्काल प्रवेश नगर्न भनिएको छ । कोरियामा आउँदो सेप्टेम्बरदेखि कलेजहरूमा दोस्रो सेमेस्टर सुरु हुँदैछ । तर कोरियाको शिक्षा मन्त्रालयले डेल्टा भेरियन्टसहित सङ्क्रमणको दर उच्च रहेका २६ देशबाट कोरिया प्रवेश नगर्न सुझाव दिएको हो ।

सेप्टेम्बरको अन्त्यसम्म आफ्ना ७० प्रतिशत नागरिकलाई खोप लगाइसक्ने लक्ष्य पूरा हुने र त्यसपछि प्रवेश खोल्ने पनि मन्त्रालयले जनाएको छ । नेपालसहित भारत, बङ्गलादेश, यूएईलगायत देशका विद्यार्थीलाई रोकिएको छ ।

कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने, हल्लाको पछि नलाग्न बोर्डको आग्रह
कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।कक्षा १२ को परीक्षा अन्योलमा परेको तथा अकस्मात स्थगित भएको भनेर आएका खबरको हल्ला मात्रै भएको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले उज्यालोलाई जानकारी दिनुभयो ।

हिजो कोरोना सङ्क्रमणको दर बढ्दै गएकाले परीक्षा भर्चुअल वा भौतिक कसरी सञ्चालन गर्ने छलफल भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको थियो । तर बोर्डले भौतिक रुपमै परीक्षा हुने जनाएको छ ।

गएको जेठ २६ गतेका लागि तय भएको परीक्षा बोर्डले आउँदो ३१ गतेदेखि गर्ने गरी यसअघि नै तालिका सार्वजनिक गरेको छ । परीक्षाका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको र तालिका फेरबदलको कुनै सूचना नआएकाले विद्यार्थीलाई अलमलमा नपर्न उहाँको आग्रह छ ।

कक्षा १२ को परीक्षा होम सेन्टरमा लिइने, विद्यालयका भवन खाली रहेको अवस्था र दुर्गममा सङ्क्रमणको अवस्था सामान्य नै रहेकाले ठूलो समस्या नरहेको परीक्षा नियन्त्रक शर्माले बताउनुभयो ।

परीक्षामा स्वास्थ्यका मापदण्ड पूर्ण पालना हुने र एक बेन्च एक विद्यार्थी राखेर भौतिक उपस्थितिमै परीक्षा लिने गरी तयारी भइरहेको पनि उहाँले जानकारी दिनुभयो । यसवर्ष परीक्षामा झण्डै तीन लाख ८६ हजार विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *