आजदेखि युएईमा नेपालीलाई प्रवेश खुला : यस्तो छ मोडालिटी

२०७८ श्रावण २१, बिहीबार १२:०४ गते २०७८ श्रावण २१, बिहीबार १२:०४ गते २०७८ श्रावण २१, बिहीबार १२:०४ गते

२१ साउन, काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । युएईले आज (बिहीबार)देखि लागू हुने गरी प्रवेश खुला गरेको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ ।

त्यस्तै युएईको भिसा भएका तर खोप नलगाएका व्यक्तिलाई ४८ घण्टाको पिसिआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ ।युएइको सरकारी निकायमा कार्यरत व्यक्ति, युएइमा कार्यरत स्वास्थ्यकर्मी, युएइका विद्यालय तथा विश्वविद्यालयका शिक्षक, युएइमा उपचार चलिरहेका व्यक्ति, विशेष मानवीय परिस्थिति भएका व्यक्तिले प्रवेश पाउनेछन् ।

उनीहरूले युएई सरकारको अनुमति भने लिनुपर्नेछ । त्यसरी युएई प्रवेश गर्नेका व्यक्तिको हकमा नेपालको विमानस्थलमा र्‍यापिड टेस्ट हुने, युएईका विमानस्थलमा अवतरण भएपछि पिसिआर परीक्षण हुने, क्वारेन्टिनलगायतका अन्य स्वास्थ्य प्रोटोकलको पालना गर्नुपर्ने दूतावासले जनाएको छ ।

एनआरएनको ६० वटा देशमा निर्वाचन सम्पन्न, २० वटा देश निस्क्रियल:बार्सिलोना । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ६० वटा देशमा रहेका राष्ट्रिय समन्वय परिषद्हरुमा निर्वाचन सम्पन्न भएको छ। आगामी २०२१-२०२३ कार्यकालको लागि नयाँ नेतृत्व चर्दै हुँदै निर्वाचन सम्पन्न भएको हो ।

विश्वभरका विभिन्न ६ क्षेत्रका ८४ वटा मुलुकमध्ये २० वटा राष्ट्रिय समन्वय परिषदहरु भने लामो समयदेखि निस्क्रिय देखिएका छन् । संघका महासचिव डा. हेम राज शर्माले बुधबार महाधिवेशन सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्दै सो आँकडा प्रस्तुत गरेका हुन्। महासचिव डा. शर्माका अनुसार निर्वाचन सम्पन्न भएकामध्ये ४२ वटा राष्ट्रिय समन्वय परिषदहरुमा सर्वसम्मत तथा निर्विरोध कार्यसमिति चयन भएको छ ।

११ वटा राष्ट्रिय समन्वय परिषदहरुमा अनलाइनमार्फत र सात वटा राष्ट्रिय समन्वय परिषदमा भौतिक रुपमा उपस्थित भएर निर्वाचन सम्पन्न भएको हो । विभिन्न चार वटा राष्ट्रिय समन्वय परिषदमा कार्यसमिति चयन हुन बाँकी छ । यूएई, डेनमार्क, पोर्चुगल र स्लोभानियाले पनि छिट्टै नयाँ नेतृत्व पाउने प्रतिवेदनमा उल्लेख छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *