साउन २१ देखि २७ गतेसम्म काठमाडौंमा निषेधाज्ञामा थप कडाइ, के–के गर्न नपाइने? (बिज्ञप्ति सहित)

२०७८ श्रावण २१, बिहीबार १३:२२ गते २०७८ श्रावण २१, बिहीबार १३:२२ गते २०७८ श्रावण २१, बिहीबार १३:२२ गते

जिल्ला प्रशासन कार्यालय काठमाडौंले यही साउन २१ देखि २७ गतेसम्मका लागि अहिलेको निषेधाज्ञालाई थप कडाइ गरेको छ। मन्त्रिपरिषदको निर्णय, कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ अनुसार यस्तो आदेश जारी गरेको हो।

यसअनुसार सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, रेस्टुरेन्ट, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्विमिङ पुल, मनोरञ्जन स्थल, संग्रहालय, रंगशालामा हुने दर्शकसहितका खेलकुद र भीडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्न नपाइने भएको छ।

जात्रा, भोजभतेर, सभा र जुलुस पनि गर्न नपाइने आदेशमा उल्लेख छ। शैक्षिक संस्थामा भौतिक उपस्थितिमा पठनपाठन बन्द गरिएको छ। स्थानीय ढुवानी ९ बजेदेखि बिहान ११ बजेसम्म र अपराह्न ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न नपाउने उल्लेख गरेको छ।

घरबाहिर निस्किँदा २ व्यक्तिबीच कम्तीमा २ मिटरको भौतिक दूरी पालना गर्नुपर्ने, मास्क अनिवार्य लगाउनुपर्ने आदेशमा उल्लेख छ। सार्वजनिक सवारीसाधनमा सिट क्षमतामा यात्रु बोक्न पाउने तर स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएको छ।

थप बिबर हेर्नुहोस्

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *