काठमाडौं । नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार मुकुन्द थापा अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी मंगलबार ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पतालमा भर्ना भएका हुन् ।
चलचित्रमा भिलेनको भूमिकाबाट चर्चामा आएका मुकुन्दको घाँटीमा समस्या देखिएको बताइएको छ ।
घाँटी भित्र गिर्खा पलाएकोले उनको आज थाईराईड ग्लाईनको अप्रेसन हुने बताइएको छ । मंगलबार कलाकार मुकुन्दको स्वास्थ्य अवस्था बुझ्न कलाकार संघका उपाध्यक्ष मोहन निरौला अस्पताल पुगेका थिए ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0