काठमाडौं उपत्यकामा बढ्यो सङ्क्रमण : एकैदिन १ हजार ७५ सङ्क्रमित

२०७८ श्रावण २२, शुक्रबार ०९:१३ गते २०७८ श्रावण २२, शुक्रबार ०९:१३ गते २०७८ श्रावण २२, शुक्रबार ०९:१३ गते

काठमाडौं उपत्यकामा बढ्यो सङ्क्रमण : एकैदिन १ हजार ७५ सङ्क्रमित पछिल्ला दिनहरूमा काठमाडौं उपत्यका लगायत देशभर नै सङ्क्रमण दर बढिरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार देशभर १८ हजार ४०८ जनाको नमूना परीक्षण गर्दा भेटिएका ३ हजार ९३८ सङ्क्रमितमध्ये काठमाडौं उपत्यकाको तीन जिल्लामा भेटिएका सङ्क्रमितको सङ्ख्या १ हजार ७५ रहेको छ ।

मन्त्रालयका अनुसार आज काठमाडौंमा ७६६ जना, भक्तपुरमा १४६ जना र ललितपुरमा १६३ जनामा सङ्क्रमण पाइएको हो ।

आज काठमाडौं उपत्यकाका तीन जिल्ला बाहेक अरू ४ जिल्लामा पनि ३ अंक (९९ भन्दा माथि)को सङ्क्रमण पाइएको छ ।

पछिल्लो समयमा पूर्णरुपमा लकडाउन गरेको झापामा आज ३७४ जना सङ्क्रमित फेला परेका छन् । त्यस्तैगरी मोरङमा १६८ जना, काभ्रेमा ११० जना चितवनमा २६१ जनामा सङ्क्रमण पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *