३३ किलो सुन काण्डमा फरार ‘भोजे मामा’ पक्राउ

२०७८ श्रावण २२, शुक्रबार ०९:५४ गते २०७८ श्रावण २२, शुक्रबार ०९:५४ गते २०७८ श्रावण २२, शुक्रबार ०९:५४ गते

३३ किलो सुन काण्डमा फरार ‘भोजे मामा’ पक्राउ
३३ किलो सुन काण्डमा फरार रहेका ‘भोजे मामा’ भनेर चिनिने भोजराज भण्डारी पक्राउ परेका छन् ।

बहुचर्चित ३३ किलो सुन तस्करी प्रकरणका फरार आरोपी भोजराज भण्डारी उर्फ भोजे मामालाई प्रहरीले ३ वर्षपछि पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले शुक्रवार गौशालाबाट नियन्त्रणमा लिएको भोजे मामा तिनै हुन् जसले सुन तस्कर गोरेलाई सहयोग गर्थे । अनि, मोरङको उर्लाबारी–७ का सनम शाक्यको ह त्यामा पनि उनी संलग्न थिए ।

झापा गौरादह नगरपालिका–८ घर भएका भोजराज भण्डारीको नाममा जिल्ला अदालत मोरङले वारेन्ट जारी गरेको थियो ।

भोजे मामा भनेर चिनिने भोजराज भण्डारी ।
आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा फरार रहेका भण्डारी पक्राउ परेका महानगरीय प्रहरी परिसर काठमाडौं जनाएको छ ।

उनी गौशालाबाट पक्राउ परेका परिसरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेतले केटिएम दैनिकलाई बताए ।

महानगरीय प्रहरी परिसर काठमाडौंले ३३ किलो सुन काण्डका प्रतिवादीहरुलई अझैँ पनि खोजिरहेको बताएका छन् । यहीँ शिलशिलामा आज भण्डारीलाई पक्राउ गर्न सफल भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

दुबईबाट तस्करी भएको साढे ३३ किलो सुन २०७४ फागुन ९ गते गायब भएको थियो। त्यसपछि प्रहरीले छानविन अघि बढाएको थियो । तर, छानविनका क्रममा घटना रहस्यमय बन्दै गएको थियो ।

अनुसन्धान क्रममा सुन भरियाको भूमिका निर्वाह गरेका सनम शाक्यको हत्या भएको थियो। तर, सुन तस्करी गर्ने मुख्य योजनाकारलाई प्रहरीले फेला पार्न सकेको छैन । ३३ किलो सुन काण्डका नाइके चुडामणि उप्रेती अर्थात गोरेलाई भने पक्राउ गरेर हिरासतमा राखिएको छ । सभार:ktmdainik

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *