मिर्गौला फेल हुनुअघि शरीरले दिन्छ यी संकेत, यस्ता लक्षणलाई वेवास्ता नगर्नुहोस्

२०७८ श्रावण २२, शुक्रबार २१:१६ गते २०७८ श्रावण २२, शुक्रबार २१:१६ गते २०७८ श्रावण २२, शुक्रबार २१:१६ गते

काठमाडौँ । शरीरमा एवम् रगतमा उपस्थित विजातीय तथा अनावश्यक तत्वलाई पिशाबबाट बाहिर निकाल्ने काम मिर्गौला अर्थात् किड्नीले गर्दछ। किड्नीको विशेष सम्बन्ध मुटु, फोक्सो, कलेजोसँग हुन्छ।

मुख्यगरी मुटु र किड्नीले परस्पर सहयोगको साथ काम गर्ने गर्दछ। त्यसकारण, यदि कसैलाई मुटु रोग लागेको छ भने उसको किड्नी पनि बिग्रन्छ।

किड्नीका रोगीहरु दिनानुदिन बढीरहेका छन्। यसको मुख्य कारण मुटु, दम, श्वास, टि।बी।, सुगर, प्रेसरजस्ता रोगहरुको निदानका लागि भनेर औषधीहरुको जथाभावी सेवन गर्नु हो। यी आधुनिक औषधिहरुको विषाक्त प्रभावका कारण नै किड्नी र पिसाबसम्बन्धी रोग उत्पन्न हुन्छ।

यदि एउटा किड्नी पूर्णरुपमा खराब भयो भने पनि अर्को किड्नीले शरीरलाई ठीक रुपमा सञ्चालन गर्दछ।
मिर्गौलाले आफ्नो जिम्मेवारी आशिंक वा पूरा रुपमा वहन गर्न नसक्नुलाई मिर्गौला बिग्रनु वा मिर्गौला फेल भएको भन्ने गरिन्छ।

मिर्गौला फेल भएमा वा मिर्गौलाले काम गर्न छाडेमा बाँच्न सम्भव हुँदैन तर डायलासिस वा मिर्गौला प्रत्यारोपण गरेर बाँच्न वा बचाउन भने सकिन्छ। मिर्गौलाको प्रत्यारोपणपछि मानिस पूर्ववत अवस्थामा आफ्ना नियमित कार्यहरु गर्न सक्दछ।

मिर्गौला फेल हुनुको अर्थ हो, मिर्गौलाले काम गर्ने दर १५ प्रतिशतभन्दा कम हुनु। मिर्गौला फेल हुनु केही दिन पहिला शरीरले केही संकेत दिन थाल्दछ। त्यसलाई बेवास्ता गर्नु हुँदैन। मिर्गौला फेल हुनु अघिका ७ संकेतहरु यस्ता छन्ः

१) पिसावको मात्रा अचानक वा विस्तारै कम हुँदै जानु ।

२) शरीर सुन्निन थाल्छ, विशेषगरी अनुहारमा यस्तो देखिन्छ।

३) मन स्थिर नहुनु वा वान्ता हुनु ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *