सुनको मूल्य ओरालो लाग्नेक्रम रोकिएन, आज ४० दिन यताकै सस्तो !

२०७८ श्रावण २५, सोमबार ०८:१२ गते २०७८ श्रावण २५, सोमबार ०८:१२ गते २०७८ श्रावण २५, सोमबार ०८:१२ गते

काठमाडौँ – हप्ताको पहिलो दिन आज सुनको मूल्य घटेको छ। गत हप्ता लगातार घटेको सुनको मूल्य आज पनि घटेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैंयाँले घटेको छ । जससँगै छापावाला सुनको मूल्य ९० हजार रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज तेजाबी सुनको मूल्य भने तोलामा १ हजार ४ सय ५० रुपैंयाँले घटेको छ। नेपाली बजारमा तेजाबी सुन ८९ हजार ५ सय ५० रुपैंयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ।

लगातार घटिरहेको सुनको मूल्य आइतबार पनि घटेसँगै सुन ४० दिन यताकै सस्तो भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन असार १६ गते यताकै सस्तो हो। उक्त दिन पनि छापावाला सुनको मूल्य ९० हजार र तेजाबी सुनको मूल्य ८९ हजार ५ सय ५० रुपैंयाँ रहेको थियो।

गत हप्ता सुनको मूल्य
गत हप्ता छापावाला सुन ९१ हजार ५ सय देखि ९२ हजार ४ सय रुपैंयाँ सम्ममा कारोबार भयो भने तेजाबी सुनको मूल्य ९१ हजार देखि ९१ हजार ९ सय रुपैंयाँ सम्म रह्यो।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि घटेको छ। नेपाल सुन चाँदी व्यावसायी महासंघमा अनुसार चाँदीको मूल्य तोलामा रु २५ ले घटेर १२ सय ४० रुपैंयाँ कायम भएको छ

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *