एमसीसी रोक्न चीन मैदानमा उत्रियो, प्रचण्डलाई दियो यस्तो कडा चेतावनी

२०७८ श्रावण २६, मंगलवार १२:०४ गते २०७८ श्रावण २६, मंगलवार १२:०४ गते २०७८ श्रावण २६, मंगलवार १२:०४ गते

काठमाडौं, २५ साउन: एमसीसी रोक्न चीन मैदानमा उत्रिएको छ । एमसीसी पास नगर्न खुमलटारलाई चीनले चे तावनी दिएको छ । नेपालका लागि चीनका राजदूत होउ यान्छी खुमलटार पुगेकी हुन् । खुमलटारमा यान्छीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेकी छन् ।कांग्रेस, माओवादी, माधव नेपाल र उपेन्द्र यादवको गठबन्धन सत्तामा आएसँगै अमेरिका सक्रिय भएको छ । एमसीसी संसदबाट पारित गर्ने माहोल अघि बढेको छ । यस्तोमा चिनियाँ राजदूत रोक्नका लागि सक्रिय भएकी हुन् ।

प्रचण्डको निजी सचिवालयका अनुसार प्रचण्ड र यान्छी बिच ०९ः२० देखि ०९ः५० बजेसम्म भेटवार्ता भएको हो । सचिवालय स्रोतका अनुसार एमसीसी पारित हुन नदिन चिनियाँ राजदूतले प्रचण्डलाई आग्रह गरेकी थिइन् । एमसीसी पारित भयो भने नतिजा राम्रो नहुने यान्छीको घुमाउरो भाषामा चेतावनी थियो ।यान्छीले एमसीसीलाई रोक्न र त्यसको सट्टामा बीआरआईलाई अगाडि बढाउन आग्रह गरेकी थिइन् । त्यसमा जस्तो सहयोग चाहिन्छ चीन तयार रहेको बताएकी थिइन् । यद्यपि प्रचण्डले भने सत्ता गठबन्धनमा छलफल गरेर अघि बढ्ने जवाफ दिएका थिए । एमसीसी रोक्न सभामुख अग्नि सापकोटादेखि माओवादी अध्यक्ष प्रचण्डसम्मलाई चिनियाँ दबाब छ ।अनलाइन मार्गबाट

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *