पोखरा विमानस्थलको काम ८२ प्रतिशत सकियो

२०७८ श्रावण २६, मंगलवार १२:०७ गते २०७८ श्रावण २६, मंगलवार १२:०७ गते २०७८ श्रावण २६, मंगलवार १२:०७ गते

कास्की, २५ साउन : पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्नका लागि एक वर्ष समय थप गरिएको छ । राष्ट्रिय गौरवको योजनाअन्तर्गत विमानस्थल २०२१ जुलाई १० मा सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोभिड-१९ का कारण समयमै निर्माण कार्य सम्पन्न गर्न समस्या भएपछि २०२२ को जुलाई १० सम्म समय थप गरिएको आयोजना प्रमुख विनेश मुनाकर्मीले जानकारी दिए ।

उनले भने, ‘हामीले समयमै सम्पन्नका लागि द्रुत गतिमा काम गरेका छौँ तर कोभिड-१९ का कारण बाहिरबाट ल्याउनुपर्ने जनशक्ति र केही सामानका कारणले समय धकेलिन पुग्यो । उनले विमानस्थल सञ्चालनका लागि विमानस्थल पूर्वमा रहेको अग्लो डाँडा र ल्यान्डफिल साइट हटाउन पनि समस्या रहेको र यसबारेमा पनि काम अघि बढेको जानकारी दिए ।

उनका अनुसार विमानस्थल निर्माणका लागि सात सय जनशक्ति रहेकामा अहिले पनि चार सय जनाको हाराहारीले काम गरिरहेकाका छन् । चीनको सीएएमसी इन्जिनियरिङ कम्पनीले निर्माण कार्यको जिम्मा पाएको यो विमानस्थल कुल २२ अर्ब चिनियाँ ऋण सहयोगमा सन् २०१७ को नोभेम्बर महिनादेखि सुरु भएको थियो ।आयोजनका इन्जिनियर मीनराज ओझाका अनुसार अहिलेसम्म विमानस्थलको ८२ प्रतिशत काम सकिएको छ । फिनिशिङ, लाइट हाल्ने, इलेक्ट्रिफिकेशन, इक्युपमेन्ट जडान, पाइप लाइन बिछ्याउने तथा भित्री सडकका काम भइरहेका छन् । उनले अहिलेसम्म रन वे, ट्याक्सी पार्किङ, टर्मिनल भवन, एप्रोन, टावर, नाला निर्माण, ह्याङ्गरसँगै रनवे लाइट, ट्याक्सी लाइट, एप्रोज लाइटलगायत १४ वटा संरचनाको फिनिशिङ कार्य भइरहेको जानकारी दिए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन १४ हजार ६ सय स्क्वायर मिटरमा बन्नेछ । आठ हजार ६ सय स्क्वायर मिटर अन्तर्राष्ट्रिय उडानका लागि र ६ हजार स्क्वायर मिटर आन्तरिक उडानका लागि गरी १४ हजार ६ सय स्क्वायर मिटरको टर्मिनल भवन निर्माण हुन लागेको हो ।पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि विसं २०३२ देखि अधिग्रहण गर्ने कार्य सुरु भएको र जम्मा तीन हजार एक सय ६ रोपनी जग्गाको मुआब्जा दिइ अधिग्रहण गरिएको थियो । त्यससँग आउटर पेरीफेरी रोड, ग्लाइड पथ, एप्रोज लाइट, मिटरोलोजिकल र्‍याडर, घर स्टेशनका लागि जग्गा र घरटहरा अधिग्रहण कार्य भएको छ । विमास्थल तीन हजार सात सय ९९ रोपनी क्षेत्रफलमा रहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *