यूवराज लामा चलचित्र निर्देशनमा फर्किने तयारीमा

२०७८ श्रावण ३१, आईतवार १४:१२ गते २०७८ श्रावण ३१, आईतवार १४:१२ गते २०७८ श्रावण ३१, आईतवार १४:१२ गते

नेपाली चलचित्र क्षेत्रमा कुनै समय यूवराज लामाको चर्चा खुबै हुने गर्दथ्यो । यूवराजले निर्देशन तथा अभिनय गरेका चलचित्रले दर्शकको खुबै साथ पाए । चलचित्र ‘देउता’मा उनी र नायक राजेश हमालविचको द्धन्द्ध त दर्शकको मानसपटलमा अहिले पनि छ ।

उनै, यूवराज लामा लामो समयदेखि चलचित्र क्षेत्रबाट टाढा छन् । डेढ दशक अगाडि चलचित्र निर्देशन गरेपछि उनी यो क्षेत्रबाट टाढा भए । बरु, उनको यात्रा राजनीतितर्फ मोडियो । उनी, तत्कालिन नेकपा माओवादीसँग आवद्ध पनि भए । चलचित्र विकास बोर्डमा पनि उनी जोडिए

उनै, यूवराज लामा अब भने चलचित्र निर्देशनमा फर्किने तयारीमा छन् । उनले सामाजिक संजालमा लेखेका छन्–‘कथा भेटियो । आजबाट वान लाइनर लेख्न सुरु भयो । सकिने वित्तिकै पटकथा अनी संवाद लेख्न सुरु गर्ने विचारमा पुगियो । विभिन्न जिम्मेवारी र अभियानको कारण वि।ाम लिएको चलचित्र निर्माण निर्देशनमा दोश्रो इनिङ पुनः प्रवेश गर्ने प्रयास गर्दै ।’

उनले, अबको चलचित्र यात्रालाई आफ्नो करिअरको दोश्रो इनिङ भनेका छन् । करिब डेढ दर्जन चलचित्र निर्माण तथा निर्देशन गरेका यी कलाकारको कमब्याक चलचित्र क्षेत्रका लागि पक्कै पनि खुशीको कुरा । कोरोना महामारीका कारण थलिएको चलचित्र क्षेत्रलाई उठाउनका लागि आफूले फेरि काम सुरु गर्न लागेको लामाले बताएका छन् ।

स्रोत: अन्लाईनखबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *