अभिनेत्री प्रियंका कार्की आमा बनिन् । जन्माइन छोरी बधाई दिनेको ओइरो हेर्नुहोस् भिडियो सहित अभिनेत्री प्रियंका कार्की आमा बनिन् जन्माइन छोरि बधाई दिनेको ओइरो हेर्नुहोस् भिडियो सहित
अभिनेत्री प्रियंका कार्कीको आमा बन्ने दिन नजिकिदैँ छ। उनी गर्भवती भएको ८ महिना भयो।गर्भावस्थालाई उत्सवको रुपमा मनाइरहेकी छिन् उनी। आफ्नो आमा बन्ने उत्साह र खुशीहरूलाई सामाजिक सञ्जालमार्फत् साट्ने बताउँछिन्।
केहीदिन अघि प्रियंकाले स्वीमिङ पुलमा साथीहरूसँग रमाइरहेको फोटो पोस्ट गरिन्। क्याप्सन लेखिन् ‘टोटल वाटर बेबी।’ फोटो सार्वजनिक भएसँगै बधाई तथा शुभकामना व्यक्त गर्नेहरू देखिए ।
खुलेर रम्न सक्ने उनको स्वभावको चर्चा पनि भइरहेछ। जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले समेत प्रियंकाको पक्षमा ट्वीट गरे ।
नकारात्मक प्रतिक्रियाले आफूलाई छुँदै नछुने प्रियंकाको भनाई छ। सकारात्मक कुरा सोचेर अगाडि बढ्ने स्वभावका कारण आफू निर्धक्क रमाउन सक्ने उनको भनाइ छ। शब्दमा बयान गर्न नसक्ने गर्भावस्थाका स-साना खुशीहरू तस्विर र भिडियोमा समेटेको सुनाउँछिन् ।
‘म र मेरो पार्टनरले एउटा नयाँ जीवनलाई संसारमा ल्याउँदै छौँ। हाम्रो माया र साथलाई निरन्तरता दिने एउटा नयाँ पुस्ताको जन्म हुँदैछ।’ सुरुमा केही डराएको सुनाउँछिन्।
‘यति ठुलो जिम्मेवारी उठाउन सक्दिनँ कि जस्तो लागेको थियो। तर बच्चा जन्माउने मिति नजिकिँदै गर्दा आत्मविश्वास बढिरहेको छ। परिवार र साथीहरूको माया र साथले गर्भावस्था सुखद् बितिरहेको छ,’ उनले भनिन्।
यसबिचमा केहीले नकारात्मक प्रतिक्रिया जनाए पनि आफूले त्यतातिर ध्यान नलगेको सुनाइन्। सेलिब्रेटी भएपछि नकारात्मक प्रतिक्रिया आउनु स्वभाविक भएको उनको बुझाइ छ।
Views: 0