महिला र जीवनविकास जस्तै १ हजारको लगानीबाट ३५ हजार हुने पक्का भएकाे आईपीओ आउँदै

२०७८ भाद्र १, मंगलवार १०:०१ गते २०७८ भाद्र १, मंगलवार १०:०१ गते २०७८ भाद्र १, मंगलवार १०:०१ गते

पछिल्लो समय एकपछि अर्को गर्दै बिभिन्न कम्पनीका आईपीओहरु निष्काशन हुने क्रम जारी रहेको छ । सेयर बजारमा आउनेको संख्या अत्याधिक बढेपछि कतिपय प्राईभेट कम्पनीहरु पब्लिक कम्पनीमा परिणत भएर साधारण सेयर अर्थात आईपीओ जारी गरिरहेका छन् ।

यसैक्रममा एकदमै राम्रो वित्तीय अवस्था भएको आईपीओ आउने भएको छ । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर अर्थात आईपीओ जारी गर्ने तयारी गरिरहेको हो ।

जुन राष्ट्रिय स्तरको नेपाल राष्ट्र बैँकबाट घ वर्गको ईजाजत पत्र प्राप्त लघुवित्त वित्तीय संस्था हो । जसको केन्द्रिय कार्यालय म्याग्दीको बेनीमा रहेको छ । यो शालिग्राम लघुवित्तसँग मर्ज भएको लघुवीत्त हो ।

सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ९५ हजार ३ सय ३५ कित्ता साधारण सेयर जारी गर्न लागेको हो । यसको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहने छ ।

सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको ईपीयस ९०.८८ रहेको छ । अर्थात यसले एक कित्ता सेयर बराबर ९० रुपैयाँ ८८ पैसा कमाउने गरेको छ । यो लघुवित्तको बुक भ्यालु भने २ सय २७ रुपैयाँ २९ पैँसा रहेको छ ।

यति सम्म बुक भ्यालु भएको सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयर १ सय रुपैयाँमा सर्वसाधारणका लागि आईपीओको रुपमा जारी हुनेछ । जुन एकदमै राम्रो अवसर हो ।

यस लघुवित्तले अझै पनि आईपीओ जारी गर्ने मिति सार्वजनिक गरेको छैन् । यस अघि महिला लघुवित्त र जीवनविकास लघुवित्त जस्तै यो पनि धेरै माथी सम्म पुग्ने आईपीओ भएकाले भर्न नछुटाउनु होला ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *