पानीमा डुबेका विदेशी नागरिकको उद्धार गर्दा युएईमा यसरी फसे दुई नेपाली युवा, सहयोगको अपिल…..

२०७८ भाद्र २, बुधबार ११:३० गते २०७८ भाद्र २, बुधबार ११:३० गते २०७८ भाद्र २, बुधबार ११:३० गते

पानीमा डुबेका विदेशी नागरिकको उद्धार गर्दा युएईमा यसरी फसे दुई नेपाली युवा, सहयोगको अपिल…..
काठमाडौं । युएईमा कार्यरत स्याङजाका डायमण्ड श्रेष्ठ र बर्दियाका हुमनाथ ढुंगाना पानीमा डुबेको विदेशी नागरिकलाई बचाउने काम गर्दा आफै फस्न पुगेका छन् ।                                                                  Trando Group ग्रुप कम्पनीमा लाइफगार्डको रुपमा कार्यरत ढुंगाना र श्रेष्ठले पौडी खेल्ने क्रममा डुबेका सिरियन नागरिकलाई आफ्नो ड्युटी अनुसार उद्धार गरेका थिए ।तर, लामो समयसम्म उपचारको क्रममा ती सिरियन नागरिकको सातवटा अंगले काम गर्न छाडेपछि उनका परिवारले ती दुई नेपाली कामदारलाई अबुधाबी अदालतमा मुद्दा हालिदिए ।                                                                                                                       अदालतले सम्बन्धित कम्पनीलाई क्षतिपूर्ति दिलाउनु पर्नेमा निर्दोष नेपाली कामदारलाई दोषी देखाएर जनही १४/१४ लाख युएई दिराम जरिवाना तोकेको र उक्त जरिवानाको नेपाली मूल्य करिब नौ करोड रुपैयाँ हुन आउने बताइएको छ ।सो मुद्दाको कारण ती दुई जनाको काम विहिन भएका छन् । कम्पनीले बस्न आवास त दिएको छ तर खानका लागि कहिले एनआरएनए त कहिले दयालु मानिसहरुको भर पर्नुपरेको अवस्था छ ।                                                                  एनआरएनए आइसिसि मिडिया टाक्सफोर्सका सदस्य तथा नेपाल पत्रकार महासंघ युएईका रामप्रसाद ढुंगेलका अनुसार अत्यधिक ठुलो रकम जरिवाना परेका कारण ती दुई नेपालीहरुको जीवन अन्योलमा परेका छन् ।‘चरम निराशा र सहयोग पाउनुपर्ने निकायबाट आश्वासनमात्रै पाएका कारण ती दुई नेपाली युवाले कुनै कठोर निर्णय नलेलान भन्न सकिन्न ।’ उनले लेखेका छन् ।कसैले दया गरेर दिएको खानेकुरा खाएर र कहिले आधा पेट खब्बुस खाएर बाचिरहेको उनीहरु बताउँछन् ।                                                                                           उनीहरुले युएईस्थित नेपाली दूतावास र एनआरएनए आइसीसी तथा अन्य सामाजिक संस्थालाई गुहारिरहेका छन् ।सजाय माफीको लागि अपिल पनि गरिनै रहेका छन् । अदालतले तोकेको १४\१४ लाख दिराम जरिवाना निजहरुले कुनै हालतमा तिर्न सक्ने अवस्था छैन ।[][]****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed