अफगानिस्तानबाट थप ९० जना नेपाली काठमाडाैं आइपुगे

२०७८ भाद्र २, बुधबार १३:३८ गते २०७८ भाद्र २, बुधबार १३:३८ गते २०७८ भाद्र २, बुधबार १३:३८ गते

अफगानिस्तानबाट उद्धार गरी कतारमा राखिएका थप ९० जना नेपाली स्वदेश आइपुगेका छन् । कतार एयरवेजको विमानबाट थप ९० जना नेपाली स्वदेश आइपुगेको नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।

अफगानिस्तानबाट कुवेत पुगेका केही नेपाली आउने भनिए पनि उनीहरुको पिसिआर परीक्षण हुन नसकेकाले कुवेतमै रोकिएको उनले बताए। गएराति थप ८७ जना नेपाली नागरिक स्वदेश फर्किएका छन्। मंगलबार बिहान जजिरा एयरलाइन्सको विमानले १ सय १८ जना नेपाली नागरिक र ९ जना भारतीयलाई ल्याएको थियो। छिमेकी राष्ट्रहरुसँगको निरन्तर प्रयास र समन्वयका आधारमा नेपाली नागरिक काठमाडौँ आइपुगेका परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपाल आइपुगेकालाई आवश्यक प्रक्रिया पूरा गरी सीसीएमसीको समन्वयमा सामाखुशिस्थित सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्डअनुसार कोरोना परीक्षणलगायत प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको छ। मन्त्रालयका अनुसार मंगलबार साँझसम्ममा कन्सुलर सेवा विभागको वेबसाइडमा २ सय ५६ नेपालीले आफ्नो विवरण दर्ता गरेका छन्।

अफगानिस्तानमा रहेका नेपालीलाई कन्सुलर सेवा विभागको वेबसाइटको अनलाइन पोर्टलमा रहेको नामसहितका विवरण दर्ता गर्न भाइबर र ह्वाट्सएप सुविधासहितको मोबाइल नम्बर उपलब्ध गराइएको छ।

उद्धारको पखाईमा रहेका नेपालीलाई उद्धार नहुँदासम्म जो जहाँ रहेपनि तोकिएको सम्पर्क नम्बरमा सम्पर्कमा रहन तथा एक आपसमा त्यहाँ रहेका नेपालबीच उपलब्ध माध्यमबाट सूचना आदानप्रदान गर्न र सुरक्षित रहन परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ। सभार:ताजा खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *