अमेरिकामा हुने आदिवासी चलचित्र महोत्सव(NIFF)को उत्कृष्ट सात चलचित्रको मनोनयनमा पर्‍यो सायबुङ

२०७८ भाद्र २, बुधबार १४:०० गते २०७८ भाद्र २, बुधबार १४:०० गते २०७८ भाद्र २, बुधबार १४:०० गते

भाद्र-२, काठमाण्डौ। दि पाल्म ग्रुप प्रा.ली.को ब्यानरमा साया वान्तावा राईको लगानी र भागीराज राईको निर्देशमा निर्माण भएको राई सँस्कृतिमा आधारित चलचित्र सायाबुङ अमेरिकामा हुन लागिरहेको आदिवासी चलचित्र महोत्सब (NIFF)को उत्कृष्ट सात मनोनयनमा मनोतित भएको छ ।

२७ औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले आयोजना गर्न गईरहेको महोत्सवका लागि आईतबार न्युयोर्क स्थित चलचित्र छनौट समितिले उक्त सात चलचित्र छनौट गरेको हो । उक्त मनोनयनमा राई जातिको सायाबुङ, तामाङ जातिको प्रङ्ना, गुरुङ जातिको मि न्होर्वै ट, नेवार जाति जा मनःगुभाजु, मगर जातिको ट्याङचालक, लिम्बु जातिको के र ह्योल्मो जातिको मेतोक सहित उत्कृष्ट सात चलचित्रहरु रहेका छन्।

मनोनयनमा परेका उक्त उत्कृष्ट सात चलचित्रहरुलाई अगष्ट २१ र २२ तारिक अमेरिकाको न्युयोर्क शहरमा प्रदर्शन गरिने फिप्नाका अध्यक्ष लोक चेम्जोङले जानकारी गराएका छन् । मनोनित चलचित्र सायाबुङमा भागीराज राईको निर्देशन,साया वान्तावा राईको लगानी,भक्त सुनुवार,उदय नेम्बाङको शब्द तथा संगीत,धनु ज्ञाङ्मीको पार्सो संगीत,दीपा लामा,दीपक लिम्बु,रजिना रिमालको स्वर,देबजंग थापाको छायाङ्कन र शौखिन तिमल्सिनको सम्पादन रहेको छ ।चलचित्रमा कलाकार सौजन सुब्बा,साया वान्तावा राई,सगुन सुसारा राई,मदन दुमी,निशा राई,राहुल राई बोगिको,राजनपल राई लगायतका कलाकारको अभिनय रहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *