अनलाइनबाट आकर्षक ड्रेस किनेकी महिलालाई यस्तो कपडा हात लागेपछि…

२०७८ भाद्र २, बुधबार १४:५० गते २०७८ भाद्र २, बुधबार १४:५० गते २०७८ भाद्र २, बुधबार १४:५० गते

अनलाइनमा बिक्रिमा राखिएको वस्तु देखेकै भरमा धेरैले अनलाइन सपिङ गर्दछन् । यस्तोमा कतिपयले यसलाई खरिद गर्दा भने अनलाइनमा देखाए जस्तो हात पर्दैन र आफूमाथि ठगी भएको थाहा हुन्छ । यस्तै ठगीको शिकार भएकी एक महिला अहिले भाइरल बनेकि छिन् ।

खासमा ति महिलाले अत्यन्त सुन्दर देखिएको एक ड्रेस अनलाइनबाट ३२ दशमलव ३९ डलर किनिन् । करीब ४ हजार नेपाली (३ हजार ८ सय ५४) रुपैयाँमा किनेको उक्त पहिरन अनलाइनमा देखिए जस्तै सुन्दर हुने र आफू तस्बिरमा देखिएको मोडल जस्तै देखिने उनको अनुमान थियो । तर भइदियो उल्टो ।

मिरर डटकममा प्रकाशित समाचार अनुसार अनलाइनमा सुन्दर देखिएको ड्रेस किनेकी ति महिलाले जब यसलाई पहिरीन् त्यो कुनै म्याक्सि जस्तै खुकुलो पहिरन रहेको थाहा पाइन् । त्यतिमात्र होइन सो कपडामा अनलाइनमा देखाएजस्तो कम्मरमा बाध्ने डोरी समेत थिएन भने फिटिङ पनि थिएन ।

यसरी अनलाइन सपिङमा आफु ठगिएपछि उनले यसलाई दुबै तस्बिरको साथ सामाजिक सञ्जालमा पोष्ट गरीन् । उनको यहि पोष्ट सामाजिक सञ्जालका प्रयोगकर्ताहरुबीच भाइरल बन्यो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *