‘नेपालकी छोरी हुँ म’ भन्दै सबैलाई नचाउने इण्डियन आइडलका प्रतियोगी पवनदीपकी बहिनी ज्योति (भिडियो)

२०७८ भाद्र ४, शुक्रबार ११:२३ गते २०७८ भाद्र ४, शुक्रबार ११:२३ गते २०७८ भाद्र ४, शुक्रबार ११:२३ गते

पवनदीप राजन बिश्वभरीका हिन्दी नेपाली गीत संगीत मन पराउने दर्शक श्रोताबिच परिचित नाम हो । तर उनकी बहिनी ज्योतिलाई धेरैले नचिन्न सक्छन् । ज्योतिका अगाडि प्रतिभालाई उमेरले छेकेन । इण्डियन आइडलका प्रतियोगी पवनदीप रियलिटी शो द भ्वाइस अफ इंडियाको पहिलो सत्रका विजेता पनि हुन् । उनकी बहिनी ज्योति राजन पनि पवनदीपकै बाटोमा छिन् । हुन त उनको परिवार नै सांगीतिक छ ।

उनका बाबु आमा दुबै संगीतका पारखी हुन् । उनले गाएका नेपाली गीतहरु पनि उत्तिकै रुचिका साथ युट्युवमा खोजी खोजि हेरिएका छन् । उनले पनि भ्वाइस अफ इण्डियामा गीत गाई सकेकी छिन् । ज्योति राजन प्रसिद्ध लोक गायक सुरेश राजन र सरस्वतीकी छोरी हुन् जसले पारिवारिक विरासतका रूपमा गायन र संगीतमा महारत हासिल गरेका छन् ।

भारत उत्तराखण्डको चम्पावत स्थायी ठेगाना भएका ज्योति ज्यादै सानै उमेरमा नै सुमधुर गायनका साथ मानिसहरुको हृदयमा राज गर्ने गर्थिन् । उनका दाजु पवनले २१ वर्षको उमेरमा भ्वाईस अफ इन्डियाको पहिलो विजेता हुने प्रतिष्ठा पाएका थिए । ज्योति भन्छिन् कि उनी पनि आफ्ना दाजुले जस्तै गीतसंगीत र अभिनयको क्षेत्रमा अगाडि बढि लोकप्रियता प्राप्त गर्न चाहान्छिन्।

सानै उमेरदेखि नै गीत संगीतमा रुचि राख्ने ज्योति राजनको स्थानीय स्तरमा आयोजना गरिएको कार्यक्रमहरूमा ठूलो माग छ। उनी अभिनयको साथ साथ गाउँदै पनि मन पराउँछन् । जसको कारणले उनलाई नामाकरण गढवाली फिल्ममा अभिनय गर्न र गाउने प्रस्ताव आयो । उनका बुबा सुरेश राजनले भने कि करार अनुसार गढवाली फिल्ममा उनी देखिइन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *