काठमाडौं उपत्यकामा भदौ ८ गतेपछि पूर्ण निषेधाज्ञा हुन् सक्ने !

२०७८ भाद्र ४, शुक्रबार १३:२४ गते २०७८ भाद्र ४, शुक्रबार १३:२४ गते २०७८ भाद्र ४, शुक्रबार १३:२४ गते

काठमाण्डौ महानगरपालिकामा संक्रमितको संख्या तिब्र ढंगले बढेको छ । जिल्ला प्रशासन कार्यालयले काठमाडौ उपत्यकालाई रेड जोनका रुपमा ब्याख्या गर्दै फेरी निषेधाज्ञा कडा बनाउन सक्ने संकेत गरेको छ । पछिल्लो तथ्य अनुसार काठमाडौ उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या चार हजार नाघेको छ ।

काठमाण्डौ महानगरपालिकामा अहिले चार हजार एक सय ६३ जना सक्रिय संक्रमित रहेका छन् । संक्रिय संक्रमितमध्ये ३ हजार नौ सय ६८ जना होम आइसोलेशन र एक सय ४३ जना अस्पतालमा रहेका महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाका ३२ वटा वडामध्ये सबैभन्दा धेरै ३२ नम्बर वडामा ४ सय २४ जना सक्रिय संक्रमित रहेका छन् । महानगरपालिकामा अहिलेसम्म ७५ हजार ६ सय ५९ जनामा संक्रमण पुष्टि भएकोमा ७० हजार नौ सय ७५ जना निको भएका छन् भने पाँच सय २१ जनाको ज्यान गएको छ ।

काठमाडौं उपत्यकाका अस्पतालहरुमा विरामीको चाप बढ्दो क्रममा छ। प्रशासनले तेस्रो लहरको औपचारीक घोषणा नगरेको भएपनि अवस्थाले त्यस्तै देखाइरहेको छ । उपत्यका भित्रका विभिन्न अस्पतालको आकस्मिक सेवामा बिरामीहरुलाई एउटै बेडमा ३ जना सम्म राखेर उपचार भइरहेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा पनि पछिल्ला दिन विरामीको चाप बढ्दो क्रममा छ। निर्देशक डा। अनुप बास्तोलाले दैनिक आकस्मिक कक्षमा पनि १० देखि १५ जना कोभिडका विरामीहरु आउने गरेको जानकारी दिए।

उनका अनुसार ६२ जनाको अहिले उपचार भइरहेको छ । भक्तपुर अस्पतामा पनि पोजेटिभीटी दर नै ५० प्रतिशत बढी रहेको छ। उपचारका लागि पुग्ने मध्य ५० प्रतिशतमा संक्रमण पुष्टि भएको छ । जिल्ला प्रशासन कार्यालयले उपत्यकालाई रेडजोन भन्दै कडाई गर्ने संकेत गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले अवस्था यही रहे पूर्ण निषेधाज्ञा हुनसक्ने संकेत गरेको छन्। ‘भदौ ८ गते सम्म पुरानै निषेधाज्ञालाई निरन्तरता दिइएको भएपनि त्यसपछिको अवस्था आँकलन गरेर पूर्ण निधेषाज्ञा लगाउने तर्फ छलफल सुरु भएको बताएका छन् । दैनिक अस्पतामालमा भर्ना हुने विरामीहरुको अध्ययन पनि गरिरहेका छौं। लाग्छ यही अवस्था रह्यो भने पूर्ण निषेधाज्ञा हुन सक्छ।’ उनले भने ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *