जिबेश गुरुङको निर्देशनमा ´कराई धोइदेउन` सार्वजनिक

२०७८ भाद्र ४, शुक्रबार १६:५१ गते २०७८ भाद्र ४, शुक्रबार १६:५१ गते २०७८ भाद्र ४, शुक्रबार १६:५१ गते

जिबेश गुरुङ र एलिना चौहानको आवाज ´कराई धोइदेउन` काठमाडौं ४ भदौ/ जिबेश गुरुङको निर्देशन र नमस्ते प्लसको प्रस्तुति रहेको´कराई धोइदेउन` बोलको गित सार्वजनिक भएको छ। हास्यव्यङ्ग्य शैलीमा तयार पारिएको यस गितमा एलिना चौहानको शब्द एवम् भिम कौसरीको संगित रहेको छ भने चर्चित वेब सिरिज निर्देशक एवम् गायक जिबेश गुरुङ र एलिना चौहानको स्वर रहेको छ।

सार्वजनिक गितको भिडियोमा जिबेश गुरुङ,एलिना चौहान,संगम भण्डारी,बनुराम शाक्य र कमल मैनालीको अभिनय देखन सकिन्छ। सो गितमा रुपेश थापाको छायांकन संगै मिलन बिश्वकर्मा सम्पादन रहेको छ भने रमाकान्त न्यौपानेले यस गितको भिडियो लाई निर्माण गरेका हुन् । सार्वजनिक उक्त गितमा गाउँले परिवेशको असारे रोपाइँको समयमा गरिएका रमाइला ठटेउली सहितको ठेट नेपाली शब्दहरु प्रयोग गरिएको छ।

साथै उक्त गितको भिडियोमा एउटा प्रेमीले आफ्नो प्रेमिकालाई प्रेम प्रस्तुत गर्नको लागि गरिने विभिन्न रमाइला क्रियाकलाप सहितको ख्यालठटा यस गित मार्फत प्रस्तुत गरेको देखिन्छ।सार्वजनिक भएको चौबीस घन्टा नबित्दै दर्शकको सकारात्मक प्रतिक्रिया संगै युट्युब ट्रेन्डिङमा प्रवेश गरेको छ। हेर्नुहोस् सार्वजनिक गितको भिडियो

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *