कलाकार शम्भु राज थापा (बखते माइला)को निधन !

२०७८ भाद्र ५, शनिबार ०८:०९ गते २०७८ भाद्र ५, शनिबार ०८:०९ गते २०७८ भाद्र ५, शनिबार ०८:०९ गते

कलाकार शम्भु राज थापाको निधन भएको छ । सङ्क्रमणका कारण उनको निधन भएको हो । मेरी बाँस्सै,गोलमाल,भद्रगोल,हल्का रमाइलो आदि हाँस्य व्यंग टेलिसिरियलमा आफ्नो कला प्रदशन गरि दर्शक माझ (बखते माइला) नामले चिनिएका उनको निधन भएको हो ।

केहि दिन देखि संक्रमण भै पाटन हस्पिटलमा सघन कक्ष (ICU)मा उपचारत उनको निधन पछि धेरै आफन्त जान र शुभ चिन्तकले सामाजिक संजालमा श्रद्धाञ्जली अर्पण गर्दै दुख ब्याक्त गरेका छन् । निकै लोकप्रिय कलाकार थापा अब नेपाल हास्यब्याङ्गयमा देखिने छैनन ।

उनको निधन पछि सामाजिक संजालमा राम बाबु रेग्मी लेख्छन्, भावपूर्ण श्रद्धाञ्जली शम्भु जी । लोकप्रिय कलाकार जसलाई हामीले मेरी बाँस्सै,गोलमाल,भद्रगोल र पछिल्लो समय हल्का रमाइलोमा बखते माइला को नामले चिनेका थियौ, Shambhu Raj Thapa हामी बिच रहनु भएन।आखिर कोरोनाले उहाको प्राण लिएर नै गयो । भावपूर्ण श्रद्धाञ्जली शम्भु जी । हामी तपाईलाई सम्झिरहने छौ ।

त्यस्तै अर्का शुभ चिन्तक अनिल सुनवार लेख्छन, पछिल्लो समय जनसागरमा निकै लोकप्रिय बन्दै गएको कमेडियन टेलि सिरियल “हल्का रमाइलो”, जहा “बखते” नाम र चरित्रले निकै प्रशङ्सनिय थियो । तर अबिस्वास्निय भयो? Shambhu Raj Thapa दाजु सारै गाह्रो बनाएर जानू भो, दाजु जानू नै रै छ किन यति धेरै माया दिएर जानू भो… भावपुर्ण हार्दिक श्रद्धाञ्जली दाजु, स्वर्गमा वास होस ।

अर्का शुभ चिन्तक सुदिप राज रेग्मी लेख्छन्, नि सब्द भए दाइ, यो एका बिहानै यो दु:खद खबरले कुनै राम राम बोल्न मुख लर्बरिनु र लेख्न हात कापेको छ दाइ
निकै लोकप्रिय कलाकार मेरो आदरणीय दाइ Shambhu Raj Thapa दाइको मृत्युले सारै दुखी भको छु हामीले धेरै बर्ष देखि हेर्दै आएको मेरि बाशै भद्रगोल गोलमाल टेलिभिजन का एक पात्र शम्भु राज थापा (बखते ) दाइले छोडेर हामी बिच टाढा जानू भयो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed