प्रचण्डको स्वास्थ्यमा समस्या देखिएपछि सबै भेटघाट बन्द

२०७८ भाद्र ५, शनिबार ०९:२० गते २०७८ भाद्र ५, शनिबार ०९:२० गते २०७८ भाद्र ५, शनिबार ०९:२० गते

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएका छन् । हिजो बेलुकादेखि अध्यक्ष प्रचण्डलाई असजिलो भएका कारण घरमै आराम गरेर बसेको उनको सचिवालयले जानकारी दिएको छ ।

हिजो माओवादी केन्द्रका नेता बामदेव क्षेत्रीको पुस्तक विमोचनका क्रममा समेत अध्यक्ष प्रचण्डले आफूले अस्वस्थता महसुस गर्दागर्दै पनि कार्यक्रममा आएको बताएका थिए । आज रुघा, खोकी, ज्वरो देखिएपछि परीक्षण गरिएको थियो ।

कोरोना भाइरस सङ्क्रमणको समेत परीक्षण गरिएको तर कोरोना नेगेटिभ देखिएको सचिवालयले जनाएको छ । परीक्षण गरेका चिकित्सकले भाइरल ज्वरो आएको बताएकाले सामान्य औषधी खाएर घरमै आराम गरेर बसेका छन् ।

अध्यक्ष प्रचण्डले अस्वस्थताकै कारण आज माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठसँग समेत भेटघाट गरेनन् । अहिलेका लागि सबै भेटघाट बन्द गरिएको उनको सचिवालयले बताएको छ ।सभार:nayatajaonline.com

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed